ताजा समाचार

बार र कानुन सक्षम बनाइए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल

विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । ‘६९ औं बार दिवस २०८१ तथा न्यायिक विचार विमोचन ‘ कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । न्यायाधीश फुयाँलले भन्नुभयो, “बार र कानुन सक्षम भएमा न्यायालयलाई खबरदारी हुनेछ ।” न्यायाधीश फुयाँलले सर्वोच्चमा थाँती रहेका ३३ हजार मुद्धाको सुनुवाई सकेर २५ हजार कायम गरिएको जानकारी दिनु भयो । उहाँले सक्षम न्यायापालिका बनाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु दृढ रहेको पनि बताउनु भयो ।

यसैगरी कार्यक्रमका विशेष अतिथि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्यनको चरणमा रहेको हुँदा कार्यान्वयन गर्ने पक्षहरुले आफ्नो जिम्मेवरी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । ” प्रतिवेदनको प्रयोगबाट न्यायालयमा सुधारका संकेतहरु देखिएको छ”, न्यायाधीश ढकालले भन्नुभयो । कार्यक्रममा न्यायपरिषद्का निवर्तमान सदस्य रामप्रसाद श्रेष्ठलगायतले धारणा राख्नु भएको थियो ।

कार्यक्रममा उच्च अदालत विराटनगर बार एशोसिएशनका संस्थापक अध्यक्ष विश्वनाथ बास्तोला र सचिव वरिष्ठ अधिवक्ता योगन्द्र शर्मा न्यौपानेलाई सम्मान गरियो । यसैगरी बारका पूर्वअध्यक्ष रामबहादुर निरौलालाई मरणोपरान्त सम्मान गरिएको छ ।

औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा अघि ट्राफिक चोकदेखि होटल स्टर्न स्टारसम प्रभात फेरी गरिएको थियो । ‘६९ औं बार दिवस- २०८१’ को अवसरमा प्रभात फेरी गरिएको हो । प्रभात फेरीमा कोशी प्रदेशका बार इकाइका प्रमुख तथा प्रतिनिधि, कानुन व्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, प्रहरी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org