दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी नभएको अनुसन्धान टोलीले सोमबार जनाएको छ ।
योलले ११ दिनअघि दक्षिण कोरियामा सैनिक कानुन (मार्शल ल)को घोषणा गरेका थिए । यद्यपि, उनले विपक्षी डेमोक्र्याटिक पार्टी र दक्षिण कोरियाली नागरिकको व्यापक विरोधका कारण उक्त कदमलाई केही घण्टामा नै फिर्ता लिन बाध्य भएका थिए ।
यसै घटनालाई लिएर गत डिसेम्बर १४ मा दक्षिण कोरियाली संसद्ले उनलाई महाभियोग लगाउँदै पदबाट हटाएको थियो । दक्षिण कोरियाका विश्वभरका प्रजातान्त्रिक मित्रराष्ट्रहरूलाई स्तब्ध पार्ने नाटकका कारण युनमाथि महाभियोग र विद्रोहको फौजदारी अभियोग लागेको छ । यो अभियोगका कारण उनलाई आजीवन जेल सजाय वा मृत्युदण्डको सजाय समेत हुन सक्छ।
युनको अल्पकालीन सैनिक शासन घोषणाको अनुसन्धान गरिरहेको भ्रष्टाचार विरोधी निकायले उनको कार्यालय र निवासमा पत्राचार गर्दै अनुसन्धानका लागि उपस्थित हुन दुई पटकसम्म परिपत्र गरेको जनाएको छ । “हुलाक प्रणालीले राष्ट्रपति कार्यालयले उपस्थितिका लागि गरिएको परिपत्र बुझ्न ‘अस्वीकार’ गरेको देखाउँछ,” अनुसन्धानकर्ताहरूले एक विज्ञप्ति जारी गरी बताएका छन् ।
इलेक्ट्रोनिक रूपमा पठाइएको परिपत्रलाई ‘वेवास्था’ गरिएको हुलाक प्रणालीले देखाएको छ । इमेलमार्फत् पाठाइएको परिपत्रमा अनुसन्धानकर्ताहरूले ६४ वर्षीय प्रवै नेतालाई क्रिसमसको दिन बिहान १० बजे बयानका लागि लागि उपस्थित हुन आग्रह गरी पत्राचार गरेका थिए ।
स्थानीय सञ्चार माध्यमका अनुसार ट्राफिक र भीडभाड कम हुने भएकाले युनलाई वयानका लागि बोलाइएकोे हो ।
यदि युन परिपत्र अनुसार हाँजिर भई अनुसन्धान प्रक्रियामा सहयोग गरेमा अनुसन्धान एजेन्सीले गरेको सोधपुछको सामना गर्ने दक्षिण कोरियाका पहिलो बहालवाला राष्ट्रपति हुनेछन् । उनले गत बुधबार को प्रारम्भिक सुनवाईमा उपस्थित भएका थिएन र आफ्नो अनुपस्थितिको लागि कुनै स्पष्टीकरण पनि दिएका थिएनन् ।
यदि युन आगामी बुधबार पनि उपस्थित नभएमा भ्रष्टाचार अनुसन्धान कार्यालयले उनलाई उपस्थित हुन बाध्य पार्न पक्राउ पुर्जी जारी गर्न सक्नेछ । युन लाई संसद्मा महाभियोगको प्रस्ताव पारित गरेपछि निलम्बित गरिएको छ तर संवैधानिक अदालतले उनको महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्नेबारे छानविन गरिरहेको छ ।
अदालतलाई फैसला सुनाउन करिब छ महिनाको समय दिइएको छ । अदालतले उनलाई पदबाट हटाउने निर्णय गरेमा निर्णय गरेको दुई महिनाभित्र उपनिर्वाचन गरिसक्नुपर्ने छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












