दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी नभएको अनुसन्धान टोलीले सोमबार जनाएको छ ।
योलले ११ दिनअघि दक्षिण कोरियामा सैनिक कानुन (मार्शल ल)को घोषणा गरेका थिए । यद्यपि, उनले विपक्षी डेमोक्र्याटिक पार्टी र दक्षिण कोरियाली नागरिकको व्यापक विरोधका कारण उक्त कदमलाई केही घण्टामा नै फिर्ता लिन बाध्य भएका थिए ।
यसै घटनालाई लिएर गत डिसेम्बर १४ मा दक्षिण कोरियाली संसद्ले उनलाई महाभियोग लगाउँदै पदबाट हटाएको थियो । दक्षिण कोरियाका विश्वभरका प्रजातान्त्रिक मित्रराष्ट्रहरूलाई स्तब्ध पार्ने नाटकका कारण युनमाथि महाभियोग र विद्रोहको फौजदारी अभियोग लागेको छ । यो अभियोगका कारण उनलाई आजीवन जेल सजाय वा मृत्युदण्डको सजाय समेत हुन सक्छ।
युनको अल्पकालीन सैनिक शासन घोषणाको अनुसन्धान गरिरहेको भ्रष्टाचार विरोधी निकायले उनको कार्यालय र निवासमा पत्राचार गर्दै अनुसन्धानका लागि उपस्थित हुन दुई पटकसम्म परिपत्र गरेको जनाएको छ । “हुलाक प्रणालीले राष्ट्रपति कार्यालयले उपस्थितिका लागि गरिएको परिपत्र बुझ्न ‘अस्वीकार’ गरेको देखाउँछ,” अनुसन्धानकर्ताहरूले एक विज्ञप्ति जारी गरी बताएका छन् ।
इलेक्ट्रोनिक रूपमा पठाइएको परिपत्रलाई ‘वेवास्था’ गरिएको हुलाक प्रणालीले देखाएको छ । इमेलमार्फत् पाठाइएको परिपत्रमा अनुसन्धानकर्ताहरूले ६४ वर्षीय प्रवै नेतालाई क्रिसमसको दिन बिहान १० बजे बयानका लागि लागि उपस्थित हुन आग्रह गरी पत्राचार गरेका थिए ।
स्थानीय सञ्चार माध्यमका अनुसार ट्राफिक र भीडभाड कम हुने भएकाले युनलाई वयानका लागि बोलाइएकोे हो ।
यदि युन परिपत्र अनुसार हाँजिर भई अनुसन्धान प्रक्रियामा सहयोग गरेमा अनुसन्धान एजेन्सीले गरेको सोधपुछको सामना गर्ने दक्षिण कोरियाका पहिलो बहालवाला राष्ट्रपति हुनेछन् । उनले गत बुधबार को प्रारम्भिक सुनवाईमा उपस्थित भएका थिएन र आफ्नो अनुपस्थितिको लागि कुनै स्पष्टीकरण पनि दिएका थिएनन् ।
यदि युन आगामी बुधबार पनि उपस्थित नभएमा भ्रष्टाचार अनुसन्धान कार्यालयले उनलाई उपस्थित हुन बाध्य पार्न पक्राउ पुर्जी जारी गर्न सक्नेछ । युन लाई संसद्मा महाभियोगको प्रस्ताव पारित गरेपछि निलम्बित गरिएको छ तर संवैधानिक अदालतले उनको महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्नेबारे छानविन गरिरहेको छ ।
अदालतलाई फैसला सुनाउन करिब छ महिनाको समय दिइएको छ । अदालतले उनलाई पदबाट हटाउने निर्णय गरेमा निर्णय गरेको दुई महिनाभित्र उपनिर्वाचन गरिसक्नुपर्ने छ ।
Comments
अरु समाचार
-
रहेनन् बलिउडका ‘हि–म्यान’ धर्मेन्द्र
भारत । सिनेमामा ‘हि–म्यान’ भनेर परिचित बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। ६ दशकभन्दा बढी समयदेखिको अनुपम...
-
ट्रम्पको ५ दिने एशिया भ्रमण : शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको समिश्रण
वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ...
-
16th ‘Belt and Road’ health post in Nepal to strengthen medical cooperation
Kathmandu : In order to continue deepening health cooperation and people-to-people exchanges under the "One Belt, One Road" framework, the...
-
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु !
काठमाडाैं । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु...
-
ट्रम्प–पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण भएको...
-
दिल्लीमा वायु प्रदूषण उच्च, दैनिक सीमाभन्दा १६ गुणा बढी एक्यूआई
नयाँ दिल्ली । भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण उच्च भएको छ । दिल्लीमा वायु गुणस्तर मापन सूचक एक्यूआई ३००...
-
जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन !
काठमाडाैं । जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । दोस्रो विश्वयुद्धमा...
-
बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड !
काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा...
-
‘भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य’
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य भएका दाबी गरेका छन् । ह्वाइट...












