संविधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।
आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन्। उनले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताए।
नेता कोइरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए। उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताए।
उनले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ । अलिकति तपाईंहरुलाई अचम्म पनि लाग्छ, यो के गरेको दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् भनेर रु तर नेपालको इतिहास हेर्नुभयो भने ०४६ सालको जनआन्दोलनपछि किसुनजी प्राइममिनिस्टर हुनुभयो । त्यसमा एमालेका साथीहरु पनि हुनुहुन्थ्यो ।
त्यसपछि पनि ०५६ को आम निर्वाचन हुनुभन्दा पहिला नेपाली कांग्रेसको गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुनुभयो । नेपाली कांग्रेस र एमाले मिलेर हामीले चुनाव पनि गराएका थियौँ । अहिले जसरी सरकार दुई, दुई महिना, तीन, तीन महिनामा परिवर्तन भइरहेको देखिरहनुभएको छ । तपाईंहरुलाई दिक्क लागिसकेको थियो । राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली काँग्रेस र एमालेको गठबन्धन गरेर चुनावमा हामी जाने भन्ने हो । केका लागि राजनीतिक स्थायित्व भन्दा पटक पटक सरकार बदलिने र यसले विकासका कामहरु भइरहेको छैन ।
सुशासनका कुराहरु पनि भइरहेका छैनन् । भ्रष्टाचारका कुराहरु पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन । सँगसँगै संविधानमा केही सुधारहरु ल्याउनुपर्छ भन्ने कुराहरु नेपाली कांग्रेस र एमालेमा भयो । त्यही तहत हामी सरकारमा गएको । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार छ । अहिले एमालेको नेतृत्वमा छ, अब डेढ वर्ष बाँकी छ । डेढ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार आउँछ ।
चुनावमा हामी होमिन्छौँ । यो हप्तादेखि नेपाली कांग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । नेपाली कांग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












