पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी प्रवेशत तथा अन्तरक्रिया कार्यक्रममा भाग लिएर जनकपुर पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो,’ उनले भने । महासचिव पोखरेलले एमाले अहिले पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भएको पनि बताए ।
यदि भण्डारी सक्रिय राजनीतिमा आए प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन सक्ने अनुमान छ । ११औँ महाधिवेशनमा अध्यक्ष उठेर भण्डारीले एमालेको राजनीतिमा कमब्याक गर्ने चर्चा छ । त्यहीक्रममा महासचिव पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा निम्तो दिने गरी स्वागतयोग्य भनेर टिप्पणी गरेका हुन् ।
पूर्व राष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउन चाहेपछि पार्टीभित्र ध्रुवीकरण भइरहेको छ । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले एमालेमा फर्किने संकेत गरेसँगै ओलीइत्तर नेताहरू उनको निवास भंगालमा धाइरहेका छन् ।
अहिले ओली क्याम्पकै र उनीबाट पेलिएकाहरू पनि भण्डारीलाई हौस्याउँदै उनको निवास पुगिरहेका छन् । एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू भण्डारीका लागि लबिङइ गरिरहेका छन् ।
पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटा र सुदूरपश्चिमका नेता कर्ण थापा पनि भण्डारीको पक्षमा लबिइङ गरिरहेका छन् । उत कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई पनि भण्डारीकै पक्षमा छन् । उनी भण्डारीको संरक्षण प्राप्त नेतामध्ये एक हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय एमालेका भ्रातृसंगठनले गर्ने कार्यक्रममा आफूलाई सक्रिय बनाइरहेकी छन् । उनले जिल्लाबाट आएका आफूनिकट नेता कार्यकर्तालाई पनि सुझाव माग्दै भेटलाई तीव्र पारिरहेकी छन् ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












