पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी प्रवेशत तथा अन्तरक्रिया कार्यक्रममा भाग लिएर जनकपुर पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो,’ उनले भने । महासचिव पोखरेलले एमाले अहिले पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भएको पनि बताए ।
यदि भण्डारी सक्रिय राजनीतिमा आए प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन सक्ने अनुमान छ । ११औँ महाधिवेशनमा अध्यक्ष उठेर भण्डारीले एमालेको राजनीतिमा कमब्याक गर्ने चर्चा छ । त्यहीक्रममा महासचिव पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा निम्तो दिने गरी स्वागतयोग्य भनेर टिप्पणी गरेका हुन् ।
पूर्व राष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउन चाहेपछि पार्टीभित्र ध्रुवीकरण भइरहेको छ । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले एमालेमा फर्किने संकेत गरेसँगै ओलीइत्तर नेताहरू उनको निवास भंगालमा धाइरहेका छन् ।
अहिले ओली क्याम्पकै र उनीबाट पेलिएकाहरू पनि भण्डारीलाई हौस्याउँदै उनको निवास पुगिरहेका छन् । एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू भण्डारीका लागि लबिङइ गरिरहेका छन् ।
पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटा र सुदूरपश्चिमका नेता कर्ण थापा पनि भण्डारीको पक्षमा लबिइङ गरिरहेका छन् । उत कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई पनि भण्डारीकै पक्षमा छन् । उनी भण्डारीको संरक्षण प्राप्त नेतामध्ये एक हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय एमालेका भ्रातृसंगठनले गर्ने कार्यक्रममा आफूलाई सक्रिय बनाइरहेकी छन् । उनले जिल्लाबाट आएका आफूनिकट नेता कार्यकर्तालाई पनि सुझाव माग्दै भेटलाई तीव्र पारिरहेकी छन् ।
Comments
अरु समाचार
-
‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको...
-
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य...
-
आजको राशिफल: २०८१ फागुन ७ गते बुधबार
मेष: व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
प्रकृति लम्साल मृत्यु प्रकरण: सत्यतथ्य छानबिन गर्न सांसदहरुको माग
काठमाडौं । भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको...
-
केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने
काठमाण्डौ। केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा...