भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको जित
काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित निकालेको छ।
मेलबर्नमा पाँचौ तथा अन्तिम दिन सोमबार १८४ रनको जित निकाल्दै अस्ट्रेलियाले आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।
साउथ अफ्रिकाले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ भने फाइनल पुग्ने दोस्रो टोलीका लागि अस्ट्रेलिया, भारत र श्रीलंकाबीच तीब्र प्रतिस्पर्धा छ।
अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको थियो, जसमा भारत १५५ रनमै सिमित भयो। भारतीय ओपनर यशस्वी जैसवालले सर्वाधिक ८४ रन बनाए । तर, भारतले ११२ रनमा ३ विकेट गुमाइसकेपछि, थप ४३ रनमा बाँकी सात विकेट गुमायो।
यस हारको प्रमुख कारण थियो विवादास्पद थर्ड अम्पायरको निर्णय, जसमा जैसवाल ८४ रन बनाएर आउट भए। फिल्ड अम्पायरले उनलाई नट आउट ठहराएका थिए, तर रिभ्युमा पर्याप्त प्रमाण नभए पनि थर्ड अम्पायरले उनलाई आउट दिए।
जैसवालको विकेटपछि भारतले २२ ओभर खेल्नुपरेको थियो, जब केवल ३ विकेट बाँकी थियो। जैसवालबाहेक, पहिलो तीन ब्याट्सम्यान रोहित शर्मा, केएल राहुल, र विराट कोहलीले दोहोरो अंक जोड्न सकेनन्।
जैसवालले ऋषभ पन्तसँग ८८ रनको साझेदारी गर्दै टोलीलाई प्रारम्भिक संकटबाट बचाए पनि, पन्तले खराब शट खेल्दै विकेट गुमाए। त्यसपछि रविन्द्र जडेजा र नितिश रेड्डीको पनि विकेट गुम्यो। अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले एक ओभरमा दुई विकेटसहित जम्मा तीन विकेट लिए। मिचेल स्टार्क, स्कट बोल्यान्ड, नाथन लियोन, र ट्राभिस हेडले एक(एक विकेट लिए।
बिहानको खेलमा अस्ट्रेलियाले दोस्रो इनिङ्समा २३४ रन बनाएर भारतलाई ३४० रनको लक्ष्य दिएको थियो। पहिलो इनिङ्समा भारतले ३६९ रन बनाएको थियो भने अस्ट्रेलियाले ४७४ रन जोडेको थियो।
योसँगै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिप वरियतामा दोस्रो स्थान कायम राखेको छ। अब आगामी तीन टेस्टमध्ये कुनै पनि खेल जित्न सके २०२५ मा दक्षिण अफ्रिकासँग एक निर्णायक टेस्ट खेल्नेछ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












