भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको जित
काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित निकालेको छ।
मेलबर्नमा पाँचौ तथा अन्तिम दिन सोमबार १८४ रनको जित निकाल्दै अस्ट्रेलियाले आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।
साउथ अफ्रिकाले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ भने फाइनल पुग्ने दोस्रो टोलीका लागि अस्ट्रेलिया, भारत र श्रीलंकाबीच तीब्र प्रतिस्पर्धा छ।
अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको थियो, जसमा भारत १५५ रनमै सिमित भयो। भारतीय ओपनर यशस्वी जैसवालले सर्वाधिक ८४ रन बनाए । तर, भारतले ११२ रनमा ३ विकेट गुमाइसकेपछि, थप ४३ रनमा बाँकी सात विकेट गुमायो।
यस हारको प्रमुख कारण थियो विवादास्पद थर्ड अम्पायरको निर्णय, जसमा जैसवाल ८४ रन बनाएर आउट भए। फिल्ड अम्पायरले उनलाई नट आउट ठहराएका थिए, तर रिभ्युमा पर्याप्त प्रमाण नभए पनि थर्ड अम्पायरले उनलाई आउट दिए।
जैसवालको विकेटपछि भारतले २२ ओभर खेल्नुपरेको थियो, जब केवल ३ विकेट बाँकी थियो। जैसवालबाहेक, पहिलो तीन ब्याट्सम्यान रोहित शर्मा, केएल राहुल, र विराट कोहलीले दोहोरो अंक जोड्न सकेनन्।
जैसवालले ऋषभ पन्तसँग ८८ रनको साझेदारी गर्दै टोलीलाई प्रारम्भिक संकटबाट बचाए पनि, पन्तले खराब शट खेल्दै विकेट गुमाए। त्यसपछि रविन्द्र जडेजा र नितिश रेड्डीको पनि विकेट गुम्यो। अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले एक ओभरमा दुई विकेटसहित जम्मा तीन विकेट लिए। मिचेल स्टार्क, स्कट बोल्यान्ड, नाथन लियोन, र ट्राभिस हेडले एक(एक विकेट लिए।
बिहानको खेलमा अस्ट्रेलियाले दोस्रो इनिङ्समा २३४ रन बनाएर भारतलाई ३४० रनको लक्ष्य दिएको थियो। पहिलो इनिङ्समा भारतले ३६९ रन बनाएको थियो भने अस्ट्रेलियाले ४७४ रन जोडेको थियो।
योसँगै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिप वरियतामा दोस्रो स्थान कायम राखेको छ। अब आगामी तीन टेस्टमध्ये कुनै पनि खेल जित्न सके २०२५ मा दक्षिण अफ्रिकासँग एक निर्णायक टेस्ट खेल्नेछ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












