चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ सुरुङ मार्ग निर्माण गर्यो
बेइजिङ । चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ निर्माण गरेको हो ।
तियानशान शेङ्गली सुरुङ २२ किलोमिटर १३ मिटर लामो रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो सुरुङ तियानशान पर्वत भएर यात्राको समय कम गर्नका लागि बनाइएको हो । शिनजियाङ्ग चीनको स्वायत्त क्षेत्र हो ।
एक्सप्रेसवे सुरुङ सञ्चालनमा आएपछि उत्तरी र दक्षिणी शिनजियाङ्गको बीचमा सम्पर्क सुधार हुने खबरमा उल्लेख छ । शिनजियाङ्गको दक्षिण–पश्चिम सीमा भारतसँग जोडिएको छ ।
तियानशान सुरुङ निर्माणको काम सन् २०२० को अप्रिलमा शुरू भएको थियो । सुरुङ निर्माणका क्रममा तीन हजार मिटरभन्दा धेरैको उचाइमा रहेको जटिल भौगोलिक अवस्थालगायत धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो ।
यो सुरुङ निर्माण गर्न टीबीएम मेशिनको प्रयोग भएको थियो । चीनमा सडक सुरुङ निर्माण गर्न पहिलो पटक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग भएको हो । यो मेशिनको प्रयोगका कारण सुरुङ निर्माणमा लाग्ने समय १० वर्षबाट घटेर चार वर्षमा झरेको थियो । निर्माण कार्यमा तीन हजार जनाभन्दा धेरै श्रमिक खटाइएको थियो ।
एक्सप्रेसवे सुरुङका कारण तियानशान पर्वतको बीचको यात्राको समय तीन घण्टाबाट घटेर २० मिनेटमा झर्ने सिन्ह्वाको खबरमा उल्लेख छ । यो सुरुङ आउँदो वर्ष सञ्चालनमा आउनेछ
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












