मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरू भइसकेको छ । यस वर्षलाई लक्षित गर्दै नयाँ चलचित्रले प्रदर्शन घोषणा गरिसकेका छन् । यद्यपि गएको वर्ष सन् २०२४ मा कलात्मकलाई ध्यान राखेर बनाइएको कमै चलचित्र प्रदर्शन भए ।
सन् २०२४ मा ‘शाम्बाला’, ‘गाउँ आएको बाटो’, ‘द रेड सुटकेस’ लगायात केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो । चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले व्यावसायिक रूपमा भने असफल रहे ।
गत वर्षको सफल चलचित्रको सूचीमा ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’ व्यावसायिक रूपमा सफल भएका थिए । उल्लेखित अधिकांश चलचित्रमा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । कोरोना महामारी पश्चात् डिजिटल प्लेटफर्मको प्रयोग नेपालमा पनि बढेको थियो ।
विश्वभरका चलचित्र हेरेर भिन्न–भिन्न स्वाद लिए पनि दर्शक रमाइला चलचित्रमा नै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उहाँले बताउनुभयो ।
“विश्वका चलचित्र महोत्सवमा पुगेका चलचित्रमा दर्शकको आकर्षण नदेखिनुले उहाँहरू चलचित्र भवनमा विशुद्ध मनोरञ्जन लिन पुग्नुहुन्छ भन्ने स्पष्ट सङ्केत गरेको छ । शृङखलाबद्ध र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो”, लेखक तिमल्सेनाले भन्नुभयो, “निर्माता र निर्देशकले एकै किसिमका चलचित्र भने दिनु हुँदैन । केही फरक गरिरहनु पर्छ । नत्र विस्तारै चलचित्रप्रति आकर्षण घट्न सक्छ ।”
निर्देशक अनिल योञ्जनले दर्शकले रुचाउनुभएका चलचित्रअनुसार विविधता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले कलात्मक चलचित्रलाई व्यावसायिक रुपमा तयार गर्नुपर्ने बिचारसँग सहमत छु । किनकि दर्शकले चाहेको विधामा विविधता पस्किन सक्नुपर्छ ।”
पछिल्लो समय कलात्मक भनिएका चलचित्रमा व्यावसायिक रुपमा परिचत कलाकारलाई राखिएको छ । अभिनयमा पारङ्गतसँगै व्यावसायिक रुपमा चिनिने अनुहार भएता पनि त्यसमा आकर्षण नहुनु सोचनीय विषय रहेको चलचित्र निर्देशक पुर्णेन्दु झाले बताउनुभयो ।
“कलात्मक भनेर निर्माण हुने चलचित्रले दर्शकलाई बाध्न सक्नुपर्छ । दर्शकलाई एउटा चलचित्र मन परेन भने पुनः फर्काउन गाह्रो हुन्छ । मनोरञ्जनात्मक चलचित्रको तुलनामा कलात्मक भनिने ‘आर्ट’ चलचित्रले बढी मेहिनत गरेर दर्शकमैत्री हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












