मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरू भइसकेको छ । यस वर्षलाई लक्षित गर्दै नयाँ चलचित्रले प्रदर्शन घोषणा गरिसकेका छन् । यद्यपि गएको वर्ष सन् २०२४ मा कलात्मकलाई ध्यान राखेर बनाइएको कमै चलचित्र प्रदर्शन भए ।
सन् २०२४ मा ‘शाम्बाला’, ‘गाउँ आएको बाटो’, ‘द रेड सुटकेस’ लगायात केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो । चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले व्यावसायिक रूपमा भने असफल रहे ।
गत वर्षको सफल चलचित्रको सूचीमा ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’ व्यावसायिक रूपमा सफल भएका थिए । उल्लेखित अधिकांश चलचित्रमा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । कोरोना महामारी पश्चात् डिजिटल प्लेटफर्मको प्रयोग नेपालमा पनि बढेको थियो ।
विश्वभरका चलचित्र हेरेर भिन्न–भिन्न स्वाद लिए पनि दर्शक रमाइला चलचित्रमा नै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उहाँले बताउनुभयो ।
“विश्वका चलचित्र महोत्सवमा पुगेका चलचित्रमा दर्शकको आकर्षण नदेखिनुले उहाँहरू चलचित्र भवनमा विशुद्ध मनोरञ्जन लिन पुग्नुहुन्छ भन्ने स्पष्ट सङ्केत गरेको छ । शृङखलाबद्ध र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो”, लेखक तिमल्सेनाले भन्नुभयो, “निर्माता र निर्देशकले एकै किसिमका चलचित्र भने दिनु हुँदैन । केही फरक गरिरहनु पर्छ । नत्र विस्तारै चलचित्रप्रति आकर्षण घट्न सक्छ ।”
निर्देशक अनिल योञ्जनले दर्शकले रुचाउनुभएका चलचित्रअनुसार विविधता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले कलात्मक चलचित्रलाई व्यावसायिक रुपमा तयार गर्नुपर्ने बिचारसँग सहमत छु । किनकि दर्शकले चाहेको विधामा विविधता पस्किन सक्नुपर्छ ।”
पछिल्लो समय कलात्मक भनिएका चलचित्रमा व्यावसायिक रुपमा परिचत कलाकारलाई राखिएको छ । अभिनयमा पारङ्गतसँगै व्यावसायिक रुपमा चिनिने अनुहार भएता पनि त्यसमा आकर्षण नहुनु सोचनीय विषय रहेको चलचित्र निर्देशक पुर्णेन्दु झाले बताउनुभयो ।
“कलात्मक भनेर निर्माण हुने चलचित्रले दर्शकलाई बाध्न सक्नुपर्छ । दर्शकलाई एउटा चलचित्र मन परेन भने पुनः फर्काउन गाह्रो हुन्छ । मनोरञ्जनात्मक चलचित्रको तुलनामा कलात्मक भनिने ‘आर्ट’ चलचित्रले बढी मेहिनत गरेर दर्शकमैत्री हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












