‘क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द ग्लोब एन्ड मेल’ पत्रिकाले आइतबार जनाएको छ ।
पार्टीको आन्तरिक मामिलाबारे जानकार तीन अज्ञात स्रोतलाई उद्धृत गर्दै ग्लोबले ट्रुडोको घोषणा छिटोमा सोमबार र ढिलोमा बुधबारसम्ममा आउनसक्ने जनाएको छ ।ग्लोब स्रोतका अनुसार घोषणा सम्भवतः बुधबार राष्ट्रिय लिबरल पार्टीको बैठकअघि हुनेछ ।
पार्टीले नयाँ नेतृत्व खोजिरहेको बेला ट्रुडो अन्तरिम हैसियतमा रहने वा नरहने भन्ने स्पष्ट नभएको द ग्लोबले जनाएको छ । हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घटेको छ, उनको सरकार अविश्वासको मतको शृङ्खलाबाट बचेको छ र आलोचकहरूले उनको राजीनामाको माग गरेका छन्।
उनले सन् २०२५ को अक्टोबरमा हुने चुनावमा लिबरललाई मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रुडोले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको थप दबाबको सामना गर्नुपरेको छ । उनले क्यानाडाका सामानहरूमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले ट्रम्पको स्पष्ट योजनालाई कसरी प्रतिक्रिया दिने भन्ने विषयमा ट्रुडोसँग असहमति जनाएपछि डिसेम्बरमा राजीनामा दिएका थिए । सोही महिनाको अन्त्यतिर ट्रुडोले आफ्नो मन्त्रिमण्डलमा ठूलो फेरबदलको घोषणा गरे । उनले राजनीतिक उथलपुथललाई समाधान गर्न आफ्नो मन्त्रीमण्डलको एक तिहाई सदस्यलाई हेरफेर गरेका थिए ।
गत नोभेम्बरमा उनले ट्रम्पलाई भेट्न फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा गएका थिए । ट्रुडोले सन् २०१५ मा कालो घुँघराले कपाल र आत्मविश्वासी स्वैगरका साथ सत्तामा पुगेका थिए र सन् २०१९ र २०२१ मा लिबरललाई थप दुई वटा मतपेटिकामा जित दिलाएका थिए ।
पछिल्लो जनमत सर्वेक्षणमा ट्रुडो आफ्ना मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ पियरे पोइलिभ्रेभन्दा २० अङ्कले पछि परेको बताईन्छ। प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो दुई कार्यकालमा ट्रुडोले सिनेटमा सुधारहरू ल्याए भने संयुक्त राज्य अमेरिकासँग नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका र क्यानाडाको हरितगृह ग्याँस उत्सर्जन कम गर्न कार्बन कर लागू गरेका थिए।
तीन सन्तानका पिता रहेका ट्रुडोले भाङलाई कानुनी मान्यता दिएका, बेपत्ता र हत्या गरिएका आदिवासी महिलाहरूको बारेमा सार्वजनिक अनुसन्धान गर्ने नेतृत्व गरेका र चिकित्सकीय सहायताले आत्महत्या गर्न अनुमति दिने कानून पारित गरेका थिए ।
Comments
अरु समाचार
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
चीनमा फेरि ठूलो भूकम्प गयो
काठमाडौं । चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ...
-
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो लागेको छ । २० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा...
-
चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते
काठमाडौं । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको...
-
इरानले सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिएको छ : राष्ट्र संघ
तेहरान । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले मङ्गलबार बताएका छन्...
-
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
काठमाडौं । यूरोपेली मुलुक जर्मनीमा विद्याुतीय कार बिक्रिमा २७.४ प्रतिशतले गिरावट आएको छ। गत वर्ष अर्थात सन् २०२४मा जर्मनीमा विद्युतीय...
-
क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर उनले राजीनामाको घोषणा गरेका...
-
दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह
काठमाडौं । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन्...
-
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
काठमाडौं । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ ।...