‘क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द ग्लोब एन्ड मेल’ पत्रिकाले आइतबार जनाएको छ ।
पार्टीको आन्तरिक मामिलाबारे जानकार तीन अज्ञात स्रोतलाई उद्धृत गर्दै ग्लोबले ट्रुडोको घोषणा छिटोमा सोमबार र ढिलोमा बुधबारसम्ममा आउनसक्ने जनाएको छ ।ग्लोब स्रोतका अनुसार घोषणा सम्भवतः बुधबार राष्ट्रिय लिबरल पार्टीको बैठकअघि हुनेछ ।
पार्टीले नयाँ नेतृत्व खोजिरहेको बेला ट्रुडो अन्तरिम हैसियतमा रहने वा नरहने भन्ने स्पष्ट नभएको द ग्लोबले जनाएको छ । हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घटेको छ, उनको सरकार अविश्वासको मतको शृङ्खलाबाट बचेको छ र आलोचकहरूले उनको राजीनामाको माग गरेका छन्।
उनले सन् २०२५ को अक्टोबरमा हुने चुनावमा लिबरललाई मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रुडोले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको थप दबाबको सामना गर्नुपरेको छ । उनले क्यानाडाका सामानहरूमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले ट्रम्पको स्पष्ट योजनालाई कसरी प्रतिक्रिया दिने भन्ने विषयमा ट्रुडोसँग असहमति जनाएपछि डिसेम्बरमा राजीनामा दिएका थिए । सोही महिनाको अन्त्यतिर ट्रुडोले आफ्नो मन्त्रिमण्डलमा ठूलो फेरबदलको घोषणा गरे । उनले राजनीतिक उथलपुथललाई समाधान गर्न आफ्नो मन्त्रीमण्डलको एक तिहाई सदस्यलाई हेरफेर गरेका थिए ।
गत नोभेम्बरमा उनले ट्रम्पलाई भेट्न फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा गएका थिए । ट्रुडोले सन् २०१५ मा कालो घुँघराले कपाल र आत्मविश्वासी स्वैगरका साथ सत्तामा पुगेका थिए र सन् २०१९ र २०२१ मा लिबरललाई थप दुई वटा मतपेटिकामा जित दिलाएका थिए ।
पछिल्लो जनमत सर्वेक्षणमा ट्रुडो आफ्ना मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ पियरे पोइलिभ्रेभन्दा २० अङ्कले पछि परेको बताईन्छ। प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो दुई कार्यकालमा ट्रुडोले सिनेटमा सुधारहरू ल्याए भने संयुक्त राज्य अमेरिकासँग नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका र क्यानाडाको हरितगृह ग्याँस उत्सर्जन कम गर्न कार्बन कर लागू गरेका थिए।
तीन सन्तानका पिता रहेका ट्रुडोले भाङलाई कानुनी मान्यता दिएका, बेपत्ता र हत्या गरिएका आदिवासी महिलाहरूको बारेमा सार्वजनिक अनुसन्धान गर्ने नेतृत्व गरेका र चिकित्सकीय सहायताले आत्महत्या गर्न अनुमति दिने कानून पारित गरेका थिए ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











