कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ । उनको पार्थिव शरीर स्थानान्तरणको दृष्य हेर्न चोक र अन्य विभिन्न स्थानमा उनका शुभचिन्तक र प्रशंसकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।
सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपति बनेका र १०० वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएका कार्टरले राष्ट्रपतिबाट बिदा भएपछि मानवीय सहयोगका लागि गरेको कार्यका लागि उनको उच्च प्रशंसा हुने गरेको छ ।
उनको मानवीय सहयोग र अधिकारका लागि गरेको कामका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । जन्मथलो जर्जियाबाट सुरु भएको औपचारिक शवयात्रा हिउँले ढाकिएको अमेरिकी संसद्मा (युएस क्यापिटल) मङ्गलबार पुर्याइएको हो । उनको पार्थिव शरीरलाई त्यहाँ बिहीबारसम्म राखिनेछ ।
प्रसारणकर्ता पीबीएसले लाइभ प्रशारणमा सर्वसाधारणले भवनहरूको छत, झ्याल र कौसीबाट दिवङ्गत राष्ट्रपतिलाई श्रद्धाञ्जलि अर्पण गरेको देखिएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन्, ‘राष्ट्रपति कार्टरको पार्थिव शरीर संसद्मा ल्याइपुर्याइएको छ र मैले राष्ट्रपति कार्टरको पार्थिव शरीरमा त्यहाँ नै श्रद्धाञ्जलि अर्पण गरेको छु ।’
अमेरिकी वायु सेनाको जेटमा वासिङ्टन ल्याइपुर्याइएको अमेरिकी झण्डा ओढाइएको कार्टरको शव राखिएको बाकस (कास्केट) अमेरिकी नेभी मेमोरियलबाट अन्त्येष्टिका लागि बन्दूकगाडीमाथि राखेर क्यापिटोल हिलसम्म पुर्याइएको थियो ।
पेन्सिलभेनिया एभिन्यूमा हालै आएको हिउँदे आँधीबेहरीपछि बाटोमा हिउँ जमेका कारण उक्त क्षेत्रमा संघीय कार्यालय र विद्यालयहरू बन्द भएका छन् । हिउँले सेताम्मै भएको सडक सफा गर्दै सयौँ अमेरिकी सेनाका सदस्यहरूले मृत शरीरलाई संसद् भवनमा पुर्याएका थिए ।
शवयात्रामा कार्टरको परिवार, कंग्रेसका सदस्यहरू र प्रधान न्यायाधीश जोन रोबट्र्स र उपराष्ट्रपति कमला ह्यारिससहित अन्य महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्टर क्यापिटोलमा राजकीय सम्मानका लागि अन्त्येष्टि समारोहका लागि पुर्याइएका १३औं पूर्व अमेरिकी राष्ट्रपति हुन् ।
वासिङ्टनको पूर्व राष्ट्रपति ड्वाइट डि आइजनहावर, रोनाल्ड रेगन, जेराल्ड फोर्ड र जर्ज एच डब्लु बुसको अन्त्येष्टि गरिएको एपिस्कोपल चर्च नेसनल क्याथेड्रलमा बिहीबार कार्टरको अन्त्येष्टि गरिनेछ ।
अन्त्येष्टिमा वर्तमान राष्ट्रपति बाइडेनले आफ्ना नेतासाथीले उनको जीवनमा गरेका स्मरणीय कामको सम्झना गर्नेछन् । चारै जना जीवित पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र ट्रम्प अन्त्येष्टि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।
बाइडेनले बिहीबार (जनवरी ९) अर्थात् कार्टरको अन्त्येष्टिको दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् भने त्यस दिन संघीय सरकारका कार्यालयहरू बन्द रहनेछन् । उनले शोक मनाउन कै लागि राष्ट्रिय झन्डालाई ३० दिनसम्म आधा झुकाउन निर्देशन दिएका छन् ।
अमेकिी राष्ट्रपति भई १०० बर्षसम्म बाँच्ने कार्टर पहिलो अमेरिकी राष्ट्रपति हुन्हुन्छ । उनलाई सनु २०२३ को फेब्रुअरी देखि जर्जियाको प्लेन्सस्थित आफ्नो गृहनगरमा ‘होस्पिस केयर’ राखिएको थियो, जहाँ उनको मृत्यु भएको थियो र उनलाई उनकी स्वर्गीय पत्नी, पूर्व प्रथम महिला रोजालिन कार्टरको समाधिसँगै समाधिस्थ गरिनेछ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












