विश्वकप महिला क्रिकेट : नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग खेलिरहेको छ । नेपालले अष्ट्रेलिया विरुद्ध खेल जित्न १४० रनको लक्ष्य पाएको छ ।
मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको हो ।
नेपालकी कप्तान पुजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन् । तर काओइमहे ब्रे र एलेनोर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए । ब्रेले सर्वाधिक ४५ रन बनाउँदा लारोसाले ३१ रन जोडिन् ।
नेपालका लागि कप्तान पुजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।
समूह डी म यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको नेपालका लागि सुपर सिक्स पुग्न अष्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ । अष्ट्रेलियासँग पराजित भएमा भने नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
Comments
अरु समाचार
-
आगामी चैत २२ देखि उदयदेव प्रिमियर लिग हुँदै
काठमाडौं । दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग आगामी चैत २२ गतेदेखि सञ्चालन हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबले...
-
प्रधानमन्त्री कपको तयारी पूरा, आजदेखि तीन मैदानमा खेल सुरु
काठमाडौं । लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा आजदेखि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताका सबै तयारी...
-
संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह
काठमाण्डाै ।पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...
-
चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने
काठमाडौं । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफनो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको...
-
अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी–२०२५ मा भारत उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित...
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...
-
केपी ओली कप: उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मीको भिडन्त
काठमाण्डौ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्...
-
आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र...