नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
काठमाडौं । पहिलो बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार उछाल आएको छ । आज एकै दिन नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ ।
अघिल्लो साता लगातार घटेर २६ सयको विन्दुभन्दा तल ओर्लिएको नेप्सेमा आज भने उछाल आएको हो । आज एकै दिन ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएको छ । आज नेप्से २ प्रतिशतले बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।
आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ६९६ पटक शेयर किनबेच भएको छ । आज बजारमा उछाल आउँदा ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुनै पनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छैन ।
आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज बजार बढ्दा अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज अन्य समूह ४.२४ प्रतिशतले बढेर २०९०.७४ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशतले बढेर ७०८०.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह १.३२ प्रतिशतले, विकास बैंक २.७४ प्रतिशतले, होटल तथा पर्यटन २.७१ प्रतिशतले, फाइनान्स ०.८९ प्रतिशतले, हाइड्रोपावर २.१२ प्रतिशतले, लगानी ३.८२ प्रतिशतले, जीवन बीमा १.८९ प्रतिशतले, लघुवित्त १।०७ प्रतिशतले, म्युचुअल फण्ड ०.४९ प्रतिशतले, निर्जीवन बीमा १ प्रतिशतले र ट्रेडिङ समूह २.४५ प्रतिशतले बढेको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












