नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
काठमाडौं । पहिलो बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार उछाल आएको छ । आज एकै दिन नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ ।
अघिल्लो साता लगातार घटेर २६ सयको विन्दुभन्दा तल ओर्लिएको नेप्सेमा आज भने उछाल आएको हो । आज एकै दिन ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएको छ । आज नेप्से २ प्रतिशतले बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।
आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ६९६ पटक शेयर किनबेच भएको छ । आज बजारमा उछाल आउँदा ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुनै पनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छैन ।
आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज बजार बढ्दा अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज अन्य समूह ४.२४ प्रतिशतले बढेर २०९०.७४ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशतले बढेर ७०८०.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह १.३२ प्रतिशतले, विकास बैंक २.७४ प्रतिशतले, होटल तथा पर्यटन २.७१ प्रतिशतले, फाइनान्स ०.८९ प्रतिशतले, हाइड्रोपावर २.१२ प्रतिशतले, लगानी ३.८२ प्रतिशतले, जीवन बीमा १.८९ प्रतिशतले, लघुवित्त १।०७ प्रतिशतले, म्युचुअल फण्ड ०.४९ प्रतिशतले, निर्जीवन बीमा १ प्रतिशतले र ट्रेडिङ समूह २.४५ प्रतिशतले बढेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











