आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख
काठमाडौं । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेट: संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम राजधानीमा सम्पन्न भएको छ। उत्कर्ष नेपालद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली क्रिकेटका चर्चित खेलाडी आसिफ शेख प्रमुख अतिथिका रूपमा उपस्थित रहे।
कार्यक्रमको अध्यक्षता उत्कर्ष नेपालका अध्यक्ष रोबिन साहले गरेका थिए भने विशेष अतिथिका रूपमा नेपाल क्रिकेट स्कूलका संस्थापक सुनील थापा थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विकाश पूर्बे ले गरेका थिए भने रचनात्मक निर्देशक सुहयेग फुयाल को विशेष भूमिका रहेको थियो।
कार्यक्रममा बोल्दै आसिफ शेख ले नेपाली क्रिकेटको हालको अवस्था र भविष्यबारे विस्तृत चर्चा गरे। उनले हालै सम्पन्न नेपाल प्रिमियर लिग (NPL) ले क्रिकेटको उचाइ बढाएको बताउँदै आगामी पाँच वर्षभित्र नेपालले एकदिवसीय (ODI) र टेस्ट क्रिकेट खेल्ने सम्भावना रहेको धारणा राखे।
“खेल मार्फत नेपाललाई विश्वसामु चिनाउनु पर्छ। यो सपना पूरा गर्न खेलाडीहरूलाई अझ जिम्मेवार बन्नु आवश्यक छ। साथै, क्रिकेट संघ (CAN) मा युवा खेलाडीहरूको उचित व्यवस्थापन गरिएमा नेपाली क्रिकेट अझ माथि पुग्न सक्छ,” उनले भने।
नेपाल क्रिकेटको पछिल्लो प्रगतिबारे उनले थप्दै भने, “नेपालले हालै T20 विश्वकप 2024 का लागि छनोट भएको छ, जुन ठूलो उपलब्धि हो। यदि यस्तै निरन्तरता रह्यो भने, नेपाल ठूला क्रिकेट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछ।”
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक संस्था उत्कर्ष नेपालका अध्यक्ष रोबिन साह ले स्वागत मन्तव्य राखेका थिए भने सचिव विकाश पूर्बे ले समापन मन्तव्य दिएका थिए। कार्यक्रम राजा लाउञ्ज क्लब, विश्वज्योति मल, जमल मा सम्पन्न भएको थियो।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












