आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख
काठमाडौं । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेट: संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम राजधानीमा सम्पन्न भएको छ। उत्कर्ष नेपालद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली क्रिकेटका चर्चित खेलाडी आसिफ शेख प्रमुख अतिथिका रूपमा उपस्थित रहे।
कार्यक्रमको अध्यक्षता उत्कर्ष नेपालका अध्यक्ष रोबिन साहले गरेका थिए भने विशेष अतिथिका रूपमा नेपाल क्रिकेट स्कूलका संस्थापक सुनील थापा थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विकाश पूर्बे ले गरेका थिए भने रचनात्मक निर्देशक सुहयेग फुयाल को विशेष भूमिका रहेको थियो।
कार्यक्रममा बोल्दै आसिफ शेख ले नेपाली क्रिकेटको हालको अवस्था र भविष्यबारे विस्तृत चर्चा गरे। उनले हालै सम्पन्न नेपाल प्रिमियर लिग (NPL) ले क्रिकेटको उचाइ बढाएको बताउँदै आगामी पाँच वर्षभित्र नेपालले एकदिवसीय (ODI) र टेस्ट क्रिकेट खेल्ने सम्भावना रहेको धारणा राखे।
“खेल मार्फत नेपाललाई विश्वसामु चिनाउनु पर्छ। यो सपना पूरा गर्न खेलाडीहरूलाई अझ जिम्मेवार बन्नु आवश्यक छ। साथै, क्रिकेट संघ (CAN) मा युवा खेलाडीहरूको उचित व्यवस्थापन गरिएमा नेपाली क्रिकेट अझ माथि पुग्न सक्छ,” उनले भने।
नेपाल क्रिकेटको पछिल्लो प्रगतिबारे उनले थप्दै भने, “नेपालले हालै T20 विश्वकप 2024 का लागि छनोट भएको छ, जुन ठूलो उपलब्धि हो। यदि यस्तै निरन्तरता रह्यो भने, नेपाल ठूला क्रिकेट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछ।”
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक संस्था उत्कर्ष नेपालका अध्यक्ष रोबिन साह ले स्वागत मन्तव्य राखेका थिए भने सचिव विकाश पूर्बे ले समापन मन्तव्य दिएका थिए। कार्यक्रम राजा लाउञ्ज क्लब, विश्वज्योति मल, जमल मा सम्पन्न भएको थियो।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












