चितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते
काठमाडौं । नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खस्दा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । चितवन मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय मिलेर उद्धारको कार्य जारी राखेको प्रहरीको भनाइ छ । बसमा २९ जना यात्रु सवार रहेका थिए ।
घाइते हुनेहरुमा जिल्ला दैलेख नौवुने गाउँपालिका बस्ने बर्ष ३० कि निशा शाही, बर्दिया मधुवन नगरपालिका ३ का वर्ष ४१ को सेतुबहादुर घर्ती मगर, बर्दिया बासगढी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ३० कि गीता राउत ओली, बाँके राप्ती सुनारी गाउँपालिका ३ बस्ने वर्ष ३८ कि पार्वती राजकोटी, बर्दिया बासगढी नगरपालिका ८ बस्ने वर्ष ३९ को दिनेशबहादुर रिजाल, जिल्ला नुवाकोट पञ्चकन्या गाउँपालिका २ बस्ने वर्ष २३ कि रञ्जना महत्तो, बाँके नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३१ को रामलखन चौधरी रहनुभएको छ ।
त्यस्तै, नुवाकोट विदुर नगरपालिका वडा नं ७ बस्ने वर्ष २८ कि प्रियना तामाङ, बाँके कोहलपुर नगरपालिका ५ बस्ने वर्ष ३८ को पूर्णबहादुर मल्ल, बाँके नगरपालिका ३ बस्ने वर्ष २५ कि पूजा कठायत, बाँके कोहलपुर नगरपालिका ४ मदनचोक बस्ने वर्ष ३४ की राधा शाही, बर्दिया बाँसगढी नगरपालिका पाँच बस्ने वर्ष ३१ को एमन राना, बाँके शमशेरगञ्ज गाउँपालिका ८ बस्ने वर्ष ३५ कि दिल कुमारी मगर, शमशेरगञ्ज बस्ने वर्ष १४ को अभिषेक मगर, शमसेरगञ्ज बस्ने वर्ष १२ कि अस्मी मगर, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष १७ को मनन बुढा क्षेत्री, कैलाली लुम्कीचुवा नगरपालिका ८ बचौली बस्ने वर्ष १८ को महेश कठायत, सुर्खेत वीरेन्द्र नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश चौधरी, बर्दिया नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने वर्ष ३९ की रिता घर्ती, काठमाडौँ चन्द्रागिरि नगरपालिका ८ बस्ने वर्ष ५० को पारस पाण्डे, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष २७ को राजनगिरी बसचालक, बाँके कोहलपुर नगरपालिका ११ बस्ने बर्ष ५१ को इन्द्रबहादुर थापा मगर र सल्यान वनघाट कुपिन्डे नगरपालिका ५ बस्ने बर्ष २५ को सुजन खत्री रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












