केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय टोली एपिएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ ।
प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लबले विभागीय डर्बी पुलिस क्लबको सामना गर्ने तालिका छ । क्वार्टरफाइनलको दोस्रो खेलमा भने आयोजक केपी ओली एफसीले खेल्नेछ ।
उसले बुढासुब्बा च्याम्पियन न्यूरोड टिम(एनआरटीसँग खेल्ने तालिका रहेको छ । पहिलो खेलको विजेताले फागुन १३ गते संकटासँग खेल्नेछ । १३ गते नै मछिन्द्रले एफी ट्रान्सपोर्ट युनाइटेडसँग खेलेपछि सेमिफाइनल समिकरण पुरा हुनेछ। केपी ओली कपमा फागुन १२ र १३ गते डबल हेडर हुनेछन् ।
सेमिफाइनल खेल १४ र १४ आयोजना गरिएको आयोजक राष्ट्रिय युवा संघले जानकारी दिएको छ। विजेतालाई १५ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको उपविजेताले पाँच लाख पाउनेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउनेछन् ।
सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा साँझ पाँच बजे हुनेछ । त्यसअघिका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । फाइनल खेल फागुन १९ गते हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीबाट हुनेछ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












