‘केआईआईटी’ का विद्यार्थीमा त्रास कायमै, अनुहार छोपेर पत्रकार सम्मेलन
काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीहरुले अनुहार छोपेर पत्रकार सम्मेलन गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरुमा डर कायमै रहेको जनाए। उडिसाबाट विभिन्न बाटाे हुँदै नेपाल आइपुगेका ११ जनाले चस्मा, मास्क र टोपीसहितको ज्याकेट लगाएर फरक हुलियामा पत्रकार सम्मेलन गरेका हुन् । फेरि कलेज फर्किँदा निर्मम कुटपिट हुने डरले ती विद्यार्थीहरु यस्तो हुलियामा देखिएका थिए ।
सरकारबाट आफूहरुले कुनै पनि आशा नगरेको र कलेजले यातना दिने भन्दै मास्क नखोल्ने र परिचय पनि नदिने विद्यार्थीहरुले बताएका बताएका थिए। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार अहिलेसम्म विभिन्न मार्ग हुँदै एक सय ५९ जना विद्यार्थी स्वदेश फिर्ता भइसकेका छन् ।
गत आइतबार दिउँसोको २ बजे भुवनेश्वरको पटिया क्षेत्रस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा लम्सालको रहस्यमय मृत्यु भएपछि ५०० जना नेपाली विद्यार्थीहरुलाई निर्घात कुटपिट गर्दै विभिन्न रेल स्टेशनमा छोडिएको थियो । लम्सालको न्यायको लागि आन्दोलनरत विद्यार्थीहरुलाई तितरवितर पार्नको लागि छुट्टा–छुट्टै रेलवे स्टेशनमा छोडिएको थियो । होस्टेलमा कुटपिटमा परेका एक विद्यार्थीले चार दिन लगाएर स्वदेश फर्किएको बताए । उनले अन्य देशका विद्यार्थीहरु पनि त्यहाँ पढ्ने गरेको तर आफूहरु नेपाली भएकै कारण यस्तो अपमान सहनुपरेको बताए ।
एक विद्यार्थीले भने, “कलेजले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यो भिडियो त केही पनि होइन । शिक्षकहरुले नै आफूहरुलाई गुण्डा परिचालन गरेर कोठाभित्र थुनेर कुटपिट गरे । हामीहरु सुरक्षाका लागि कलेज प्रशासनसम्म पुगेका थियौँ । तर, आफैँलाई पढाएका गुरुहरु हामीविरुद्ध आइलागे । आफैँले पढाएका गुरुहरुबाट कुटिनुपर्ने भनेपछि हाम्रो आत्मसम्मान कहाँ रह्यो ।”
विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीहरुले प्रशासनसमक्ष निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गर्दै आएका थिए । मृतक छात्रा बि-टेक तेस्रो वर्षमा अध्यनरत थिइन् । सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङमा अध्ययरत अड्विक श्रीवास्तव साथीले ‘ब्ल्याकमेलिङ’ गर्दै यातना दिएकाले उनले आत्महत्या गरेको आशंका गरिएको छ । अर्का विद्यार्थीले आफूहरुलाई कलेज प्रशासनले पशुलाई जसरी कुटपिट गरेको बताए ।
नेपाल फर्किएका विद्यार्थीहरुले आफूहरुको पढाइको लागि सो विश्वविद्यालयमा फर्किनै पर्ने बाध्यता रहेको पनि बताए । तर, आफूहरु त्यहाँ सुरक्षित नभएको बताए । जुनसुकै अवस्थामा पनि फेरि कुटिनुपर्ने बाध्यता आइलाग्ने उनीहरुको भनाइ छ । श्रीवास्तवसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सरकारको तर्फबाट घटना मिलेको कुरा आए पनि आफूहरुसँग कुनै पनि प्रकारको वार्ता नगरेको विद्यार्थीहरुको भनाइ छ ।
मृतक लम्सालको परिवारले प्रमाणसहित उजुरी पर्दा समेत कलेजले पीडकलाई नै साथ दिँदा ज्यान गएको बताउँदै आएको छ । कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटक-पटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुईपटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको गुनासो छ ।
गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुर्व्यवहार भएको रिपोर्ट पनि गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । सरकारको कूटनीतिक पहलपछि भने विश्वविद्यालय प्रशासनले माफी मागेको छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...












