‘केआईआईटी’ का विद्यार्थीमा त्रास कायमै, अनुहार छोपेर पत्रकार सम्मेलन
काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीहरुले अनुहार छोपेर पत्रकार सम्मेलन गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरुमा डर कायमै रहेको जनाए। उडिसाबाट विभिन्न बाटाे हुँदै नेपाल आइपुगेका ११ जनाले चस्मा, मास्क र टोपीसहितको ज्याकेट लगाएर फरक हुलियामा पत्रकार सम्मेलन गरेका हुन् । फेरि कलेज फर्किँदा निर्मम कुटपिट हुने डरले ती विद्यार्थीहरु यस्तो हुलियामा देखिएका थिए ।
सरकारबाट आफूहरुले कुनै पनि आशा नगरेको र कलेजले यातना दिने भन्दै मास्क नखोल्ने र परिचय पनि नदिने विद्यार्थीहरुले बताएका बताएका थिए। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार अहिलेसम्म विभिन्न मार्ग हुँदै एक सय ५९ जना विद्यार्थी स्वदेश फिर्ता भइसकेका छन् ।
गत आइतबार दिउँसोको २ बजे भुवनेश्वरको पटिया क्षेत्रस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा लम्सालको रहस्यमय मृत्यु भएपछि ५०० जना नेपाली विद्यार्थीहरुलाई निर्घात कुटपिट गर्दै विभिन्न रेल स्टेशनमा छोडिएको थियो । लम्सालको न्यायको लागि आन्दोलनरत विद्यार्थीहरुलाई तितरवितर पार्नको लागि छुट्टा–छुट्टै रेलवे स्टेशनमा छोडिएको थियो । होस्टेलमा कुटपिटमा परेका एक विद्यार्थीले चार दिन लगाएर स्वदेश फर्किएको बताए । उनले अन्य देशका विद्यार्थीहरु पनि त्यहाँ पढ्ने गरेको तर आफूहरु नेपाली भएकै कारण यस्तो अपमान सहनुपरेको बताए ।
एक विद्यार्थीले भने, “कलेजले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यो भिडियो त केही पनि होइन । शिक्षकहरुले नै आफूहरुलाई गुण्डा परिचालन गरेर कोठाभित्र थुनेर कुटपिट गरे । हामीहरु सुरक्षाका लागि कलेज प्रशासनसम्म पुगेका थियौँ । तर, आफैँलाई पढाएका गुरुहरु हामीविरुद्ध आइलागे । आफैँले पढाएका गुरुहरुबाट कुटिनुपर्ने भनेपछि हाम्रो आत्मसम्मान कहाँ रह्यो ।”
विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीहरुले प्रशासनसमक्ष निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गर्दै आएका थिए । मृतक छात्रा बि-टेक तेस्रो वर्षमा अध्यनरत थिइन् । सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङमा अध्ययरत अड्विक श्रीवास्तव साथीले ‘ब्ल्याकमेलिङ’ गर्दै यातना दिएकाले उनले आत्महत्या गरेको आशंका गरिएको छ । अर्का विद्यार्थीले आफूहरुलाई कलेज प्रशासनले पशुलाई जसरी कुटपिट गरेको बताए ।
नेपाल फर्किएका विद्यार्थीहरुले आफूहरुको पढाइको लागि सो विश्वविद्यालयमा फर्किनै पर्ने बाध्यता रहेको पनि बताए । तर, आफूहरु त्यहाँ सुरक्षित नभएको बताए । जुनसुकै अवस्थामा पनि फेरि कुटिनुपर्ने बाध्यता आइलाग्ने उनीहरुको भनाइ छ । श्रीवास्तवसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सरकारको तर्फबाट घटना मिलेको कुरा आए पनि आफूहरुसँग कुनै पनि प्रकारको वार्ता नगरेको विद्यार्थीहरुको भनाइ छ ।
मृतक लम्सालको परिवारले प्रमाणसहित उजुरी पर्दा समेत कलेजले पीडकलाई नै साथ दिँदा ज्यान गएको बताउँदै आएको छ । कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटक-पटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुईपटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको गुनासो छ ।
गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुर्व्यवहार भएको रिपोर्ट पनि गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । सरकारको कूटनीतिक पहलपछि भने विश्वविद्यालय प्रशासनले माफी मागेको छ ।
Comments
अरु समाचार
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
आजको राशिफल : २०८१ चैत ४ गते साेमवार
मेष मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...
-
जनआस्थाविरुद्ध मुद्धा हालेका विनोद चौधरीको फेरि लज्जास्पद हार
काठमाडौं । विवादास्पद अर्बपति व्यवसायी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले फेरि पनि जनआस्था प्रकाशन प्रालिसँग मुद्धा हारेका छन् ।...
-
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो
काठमाडौं । जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘गौदान गरेको दृश्य’...