अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताको नजिक
वाशिंटन । अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताको नजिक पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की शुक्रबार अमेरिका गएर सो सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्। युक्रेनी अधिकारीले यो सम्झौतालाई सकारात्मक रूपमा लिएको बताएका छन्। अमेरिकाले युक्रेनलाई युद्धको समयमा ५०० अर्ब अमेरिकी डलर सहयोग गरेका कारण सो बराबरको श्रोतमा पहुँचको मागसहित प्रस्ताव गरेको थियो।
अमेरिकी माग अनुसारको परिमार्जित स्वरूपमा सहमति भएको जनाइएको छ। परिमार्जित सहमतिमा त्यसको आयमा बाँडफाँडको सहमति भएको जनाइएको छ। यसैगरी युक्रेनको सुरक्षाका बारेमा भने टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ। शुक्रबार हुने भनिएको जेलेन्स्कीको भ्रमणको दौरान यो विषय पनि टुङ्गो लाग्ने छ। संसारका महत्त्वपूर्ण खनिजको ५ प्रतिशत युक्रेनमा रहेको जनाइन्छ। यसमा १९ मिलियन टन ग्राफाइट रहेको पुष्टि भइसकेको छ।
विद्युतीय सवारी साधनाका लागि ब्याट्री बनाउन ग्राफाइट प्रयोग हुन्छ। युरोप भरीको लिथियमको एक तिहाइ युक्रेनमा नै भएको विश्वास गरिन्छ। अहिले प्रयोग गरिने ब्याट्री निर्माणमा यसको प्रयोग हुन्छ। हवाई जहाजदेखि पावर स्टेसन निर्माणका लागि आवश्यक पर्ने टिटानियम पनि युक्रेनमा नै पाइन्छ। हतियार, विन्ड टबाईन, इलेकट्रोनिक्स सामान तथा अन्य महत्त्वपूर्ण उपकरणका लागि आवश्यक पर्ने १७ तत्त्व युक्रेनमा नै पाइन्छ। युक्रेनका ३५० अर्ब अमेरिकी डलर बराबरको खनिज अहिले रुसले कब्जा जमाएको भूमिमा पर्छन्।
आफूले निर्णयमा हस्ताक्षर गर्ने गरेको ओभल अफिसमा रहेका ट्रम्पले यस सहमतिले युक्रेनले लडिरहने अधिकार पाएको बताए। ‘उनीहरू धेरै बहादुर छन्। तर अमेरिकाको पैसा, हतियार र सैन्य सहयोग नभएको भए यो युद्ध धेरै पहिले सकिने थियो’, ट्रम्पले भने।
Comments
अरु समाचार
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...











