अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताको नजिक
वाशिंटन । अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताको नजिक पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की शुक्रबार अमेरिका गएर सो सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्। युक्रेनी अधिकारीले यो सम्झौतालाई सकारात्मक रूपमा लिएको बताएका छन्। अमेरिकाले युक्रेनलाई युद्धको समयमा ५०० अर्ब अमेरिकी डलर सहयोग गरेका कारण सो बराबरको श्रोतमा पहुँचको मागसहित प्रस्ताव गरेको थियो।
अमेरिकी माग अनुसारको परिमार्जित स्वरूपमा सहमति भएको जनाइएको छ। परिमार्जित सहमतिमा त्यसको आयमा बाँडफाँडको सहमति भएको जनाइएको छ। यसैगरी युक्रेनको सुरक्षाका बारेमा भने टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ। शुक्रबार हुने भनिएको जेलेन्स्कीको भ्रमणको दौरान यो विषय पनि टुङ्गो लाग्ने छ। संसारका महत्त्वपूर्ण खनिजको ५ प्रतिशत युक्रेनमा रहेको जनाइन्छ। यसमा १९ मिलियन टन ग्राफाइट रहेको पुष्टि भइसकेको छ।
विद्युतीय सवारी साधनाका लागि ब्याट्री बनाउन ग्राफाइट प्रयोग हुन्छ। युरोप भरीको लिथियमको एक तिहाइ युक्रेनमा नै भएको विश्वास गरिन्छ। अहिले प्रयोग गरिने ब्याट्री निर्माणमा यसको प्रयोग हुन्छ। हवाई जहाजदेखि पावर स्टेसन निर्माणका लागि आवश्यक पर्ने टिटानियम पनि युक्रेनमा नै पाइन्छ। हतियार, विन्ड टबाईन, इलेकट्रोनिक्स सामान तथा अन्य महत्त्वपूर्ण उपकरणका लागि आवश्यक पर्ने १७ तत्त्व युक्रेनमा नै पाइन्छ। युक्रेनका ३५० अर्ब अमेरिकी डलर बराबरको खनिज अहिले रुसले कब्जा जमाएको भूमिमा पर्छन्।
आफूले निर्णयमा हस्ताक्षर गर्ने गरेको ओभल अफिसमा रहेका ट्रम्पले यस सहमतिले युक्रेनले लडिरहने अधिकार पाएको बताए। ‘उनीहरू धेरै बहादुर छन्। तर अमेरिकाको पैसा, हतियार र सैन्य सहयोग नभएको भए यो युद्ध धेरै पहिले सकिने थियो’, ट्रम्पले भने।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











