ठेक्कादेखि कर्मचारी सरुवामा मोटो रकम लिन्छन् मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत बद्नाम हुने गरि भ्रष्टाचार र अनियमित काम गर्दै आएको तथ्यांक एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् ।
मन्त्री यादवले आफू मातहतका योजना र आयोजनाका ठेक्का, कोटेश्न र कर्मचारीहरुको अनियमित सरुवामा मोटो रकम लिने गरेको समाचार प्राप्त भएका छन् । मन्त्री यादवले असोजमा सरुवा गरेका अयोजनाका प्रमुखहरुलाई काम गर्ने सिजनमा पुनःः सरुवा गरेर कर्मचारीहरुमा आतंक र्सिजना गरेका छन् ।
मन्त्री यादवले मन्त्रीपरिषद्बाट जारी भएका नीति र निर्देशनहरुलाई आफू अनुकूल नभएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट खारेज गर्ने तयारी गरेका छन् । खानेपानी मातहत रहेका कम्पनी, बोर्ड, संस्थान र समितिका प्रमुखको नियुक्ति, सेवा र सूविधाहरुको मन्त्रीपरिषद्बाट जारी भएका निर्देशिकालाई आफैंले खारेज गरेर नयाँ आफू अनुकुल बनाउने प्रयास गरेका छन् ।
मन्त्री यादवले संघीय खानेपानी ढल व्यवस्थापन आयोजना बुटवल, वीरगञ्जका प्रमुखहरुले दोस्रो किस्ता नदिएको भन्दै सरुवा गरेका छन् भने जनकपुरको प्रमुखलाई मन्त्रालयमा बोलाएर अलपत्र पारेका छन् । उनको ठाउँमा पनि अर्को व्यक्तिलाई पठाउने तयारी गरिरहेको मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्री यादवले खानेपानी आयोजनाहरुको करिव १२ करोडको डीपीआरको काम कोटेश्नमा आफू निकटका मानिसहरुलाई दिएर ७५ प्रतिशत कमिशन खाएको आरोप लागेको छ । उनले खानेपानी तथा ढल व्यवस्थापन विभागका चल्तापूर्जा उपमहानिर्देशक रामचन्द्र काफ्ले र आफ्ना निजी सचिव अभिमन्यु यादवमार्फत २० ओटा आयोजनाबाट करिव १२ करोड भन्दा बढीको डीपीआर गराएका छन् ।
उनले खानेपानीको आयोजनामा कन्सल्टेन्टको काम दिन्छु भन्दै विवादित व्यापारी दिपक मलोत्राले बोकेका भारतीयलाई काम दिने तयारी गरेका छन् । उनले ती व्यापारीसँग एक करोड रुपयाँ कमिशन बुझिसकेको गाईगुई हल्ला चलेको छ ।
त्यो कन्सल्टेन्टले अहिले पनि त्यो आयोजनामा काम गरिरहेको छ । उसले टिम लिडर र आवश्यक संख्यामा प्राविधिक कर्मचारीहरु उपलब्ध नगराएको भन्दै आयोजनाले किन ठेक्का रद्ध नगर्ने भनेर पत्र लेख्नु परेको आयोजना स्रोतले दावी गरेको छ । त्यस्तो विवादमा परिसकेको कन्सलटेण्टलाई काम दिने गरि पेश्की मन्त्रीले बुझ्नु पदको दुरुपयोग हो कि होइन ?
त्यसै गरि नेपाल खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति गर्दा अर्जुनबाबु ढकालसँग २ करोड बुझेको जानकारवालाहरुले बताएका छन् । तीन जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस भएकोमा अर्जुनबाबु ढकाल नियुक्त भएका छन् । डा. डीपी चापागाईँ र डा. ईश्वर प्रसादले क्रमशः १ करोड र १ करोड ५० लाख दिन तयार भएका थिए । तर मन्त्री यादवले तीन जनाको नाम पदपुर्ति समितिले सिफारिस गरेपछि तीनै जनासँग छुट्टाछुट्टै भेटेका थिए । तर, नियुक्ति ढकालले पाएका छन् ।
मन्त्री यादवले खानेपानी तथा ढल व्यवस्थापन बिभागका महानिर्देशक रामकुमार श्रेष्ठलाई बलीको बोको बनाउँर्दै खानेपानी मन्त्रालयका सहसचिवहरुको वरियताक्रममा १३ औं नम्बरमा रहेका रामचन्द्र काफ्लेलाई नियुक्ति गर्ने आश्वासन दिएको बुझिएको छ । काफ्ले यहि २०८१ साल असार ७ गते अनिवार्य अवकाशमा जान लागेका छन् । असारमा अवकाश हुन लागेका काफ्लेसँग २ करोड घुस खाएर महानिर्देशक बनाउने तयारी रहेको मन्त्री निकट स्रोतले दाबी गरेको छ । काफ्ले उपसचिव हुदाँ २ बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बनमा पनि परिसकेका सहसचिव हुन् ।
यीनै जुनियर सहसचिव काफ्लेका कारण धेरै सिनियर सहसचिवहरुले खानेपानी विभाग छोडिसकेका छन् । उनी आफू मातहतको काम समयमा नगर्ने र अरु कर्मचारीहरुलाई दोष लगाउँदै आएका छन् । अध्यादेशका कारण सरकार संकटमा परेका समयमा मन्त्री यादव महत्वपूर्ण विभागका प्रमुखहरुलाई ७ महिनामा हटाएर नयाँसँग आर्थिक मोलमोलाइमा लागेको देखेर खानेपानी मन्त्रालयका कर्मचारी जिव्रो टोक्छन् । काफ्लेलाई निजामती किताव खानाले अनिवार्य अवकाशको पत्र पनि पठाइसकेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












