ठेक्कादेखि कर्मचारी सरुवामा मोटो रकम लिन्छन् मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत बद्नाम हुने गरि भ्रष्टाचार र अनियमित काम गर्दै आएको तथ्यांक एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् ।
मन्त्री यादवले आफू मातहतका योजना र आयोजनाका ठेक्का, कोटेश्न र कर्मचारीहरुको अनियमित सरुवामा मोटो रकम लिने गरेको समाचार प्राप्त भएका छन् । मन्त्री यादवले असोजमा सरुवा गरेका अयोजनाका प्रमुखहरुलाई काम गर्ने सिजनमा पुनःः सरुवा गरेर कर्मचारीहरुमा आतंक र्सिजना गरेका छन् ।
मन्त्री यादवले मन्त्रीपरिषद्बाट जारी भएका नीति र निर्देशनहरुलाई आफू अनुकूल नभएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट खारेज गर्ने तयारी गरेका छन् । खानेपानी मातहत रहेका कम्पनी, बोर्ड, संस्थान र समितिका प्रमुखको नियुक्ति, सेवा र सूविधाहरुको मन्त्रीपरिषद्बाट जारी भएका निर्देशिकालाई आफैंले खारेज गरेर नयाँ आफू अनुकुल बनाउने प्रयास गरेका छन् ।
मन्त्री यादवले संघीय खानेपानी ढल व्यवस्थापन आयोजना बुटवल, वीरगञ्जका प्रमुखहरुले दोस्रो किस्ता नदिएको भन्दै सरुवा गरेका छन् भने जनकपुरको प्रमुखलाई मन्त्रालयमा बोलाएर अलपत्र पारेका छन् । उनको ठाउँमा पनि अर्को व्यक्तिलाई पठाउने तयारी गरिरहेको मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्री यादवले खानेपानी आयोजनाहरुको करिव १२ करोडको डीपीआरको काम कोटेश्नमा आफू निकटका मानिसहरुलाई दिएर ७५ प्रतिशत कमिशन खाएको आरोप लागेको छ । उनले खानेपानी तथा ढल व्यवस्थापन विभागका चल्तापूर्जा उपमहानिर्देशक रामचन्द्र काफ्ले र आफ्ना निजी सचिव अभिमन्यु यादवमार्फत २० ओटा आयोजनाबाट करिव १२ करोड भन्दा बढीको डीपीआर गराएका छन् ।
उनले खानेपानीको आयोजनामा कन्सल्टेन्टको काम दिन्छु भन्दै विवादित व्यापारी दिपक मलोत्राले बोकेका भारतीयलाई काम दिने तयारी गरेका छन् । उनले ती व्यापारीसँग एक करोड रुपयाँ कमिशन बुझिसकेको गाईगुई हल्ला चलेको छ ।
त्यो कन्सल्टेन्टले अहिले पनि त्यो आयोजनामा काम गरिरहेको छ । उसले टिम लिडर र आवश्यक संख्यामा प्राविधिक कर्मचारीहरु उपलब्ध नगराएको भन्दै आयोजनाले किन ठेक्का रद्ध नगर्ने भनेर पत्र लेख्नु परेको आयोजना स्रोतले दावी गरेको छ । त्यस्तो विवादमा परिसकेको कन्सलटेण्टलाई काम दिने गरि पेश्की मन्त्रीले बुझ्नु पदको दुरुपयोग हो कि होइन ?
त्यसै गरि नेपाल खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति गर्दा अर्जुनबाबु ढकालसँग २ करोड बुझेको जानकारवालाहरुले बताएका छन् । तीन जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस भएकोमा अर्जुनबाबु ढकाल नियुक्त भएका छन् । डा. डीपी चापागाईँ र डा. ईश्वर प्रसादले क्रमशः १ करोड र १ करोड ५० लाख दिन तयार भएका थिए । तर मन्त्री यादवले तीन जनाको नाम पदपुर्ति समितिले सिफारिस गरेपछि तीनै जनासँग छुट्टाछुट्टै भेटेका थिए । तर, नियुक्ति ढकालले पाएका छन् ।
मन्त्री यादवले खानेपानी तथा ढल व्यवस्थापन बिभागका महानिर्देशक रामकुमार श्रेष्ठलाई बलीको बोको बनाउँर्दै खानेपानी मन्त्रालयका सहसचिवहरुको वरियताक्रममा १३ औं नम्बरमा रहेका रामचन्द्र काफ्लेलाई नियुक्ति गर्ने आश्वासन दिएको बुझिएको छ । काफ्ले यहि २०८१ साल असार ७ गते अनिवार्य अवकाशमा जान लागेका छन् । असारमा अवकाश हुन लागेका काफ्लेसँग २ करोड घुस खाएर महानिर्देशक बनाउने तयारी रहेको मन्त्री निकट स्रोतले दाबी गरेको छ । काफ्ले उपसचिव हुदाँ २ बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बनमा पनि परिसकेका सहसचिव हुन् ।
यीनै जुनियर सहसचिव काफ्लेका कारण धेरै सिनियर सहसचिवहरुले खानेपानी विभाग छोडिसकेका छन् । उनी आफू मातहतको काम समयमा नगर्ने र अरु कर्मचारीहरुलाई दोष लगाउँदै आएका छन् । अध्यादेशका कारण सरकार संकटमा परेका समयमा मन्त्री यादव महत्वपूर्ण विभागका प्रमुखहरुलाई ७ महिनामा हटाएर नयाँसँग आर्थिक मोलमोलाइमा लागेको देखेर खानेपानी मन्त्रालयका कर्मचारी जिव्रो टोक्छन् । काफ्लेलाई निजामती किताव खानाले अनिवार्य अवकाशको पत्र पनि पठाइसकेको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












