मलेसियामा दंगामा उत्रिएका १३ नेपाली पक्राउ
काठमाडौं । मलेसिया आन्दोलन गरेर दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेका हुन् ।
हिलिर पेराकका प्रहरी प्रमुख बकरी जैनल अबिदिनले शुक्रबार बेलुकी ९ः३५ बजेतिर जालान चांकाट जोङको बाटु–८ मा कारको ठक्करबाट मृत्यु भएपछि नेपालीले हूलदंगा गरेका थिए । त्यस क्षेत्रका लगभग १ हजार कामदार घटनास्थलमा भेला भएर ट्राफिक अवरुद्ध गरेका थिए । आन्दोलन गर्ने १ हजारमध्ये १३ जनालाई पक्राउ गरिएको हो ।
‘तेलुक इन्टान जिल्ला प्रहरी मुख्यालय (आईपीडी) बाट एक टोली व्यवस्था पुनःस्थापित गर्न खटाइएको थियो, बिहान २ बजेसम्ममा स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो, सबै नेपाली कामदार आ–आफ्नो छात्रावासमा फर्किए,’ हिलिर पेराकका प्रहरी प्रमुख अबिदिनले भने ।
उनका अनुसार पक्राउ परेकामाथि दण्डसंहिताको धारा १४७ अन्तर्गत अनुसन्धान भइरहेको छ । हिट एन्ड रन मुद्दा सडक यातायात ऐन १९८७ को धारा ४१(१) अन्तर्गत पर्दछ ।
पक्राउ परेका सबैलाई चार दिनका लागि हिरासतमा राखिएको छ । अबिदिनले थप अनुसन्धानका लागि तेलुक इन्टान मजिस्ट्रेटको अदालतमा निवेदन दिएको बताए । ‘जनताको सुरक्षा कायम राख्न र उपयुक्त कानुनी उपायहरू लागू गर्न अधिकारीहरूले संलग्नहरूविरुद्ध कडा कारबाही गर्नेछन्,’ उनले भने ।
उनले जनतालाई घटनाको कुनै पनि जानकारी भएमा अगाडि आउन र अनुसन्धान अधिकारी मोहम्मद स्यामिललाई ०११–१००६ ५८१७ मा सम्पर्क गर्न आग्रह गरे । पक्राउ परेका नेपाली कामदार कार्यरत कम्पनी र उनीहरूको खुलाइएको छैन ।
यसअघि, फेसबुकमा विदेशी कामदारहरूको समूहले सडकमा दंगा गरिरहेको र ट्राफिक अवरुद्ध गरेको देखाउने भिडियो भाइरल भएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












