युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
युक्रेनमा युद्ध अन्त्यका लागि दबाब दिइरहेका राष्ट्रपति ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेको एक दिनपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा यस विषयमा छलफल गरेका हुन् ।
अधिकारकर्मीहरूका अनुसार रुसी सेनाले अनाथालय वा अशक्त युवाहरूका लागि बनाइएका केन्द्र र गरिब परिवारका धेरै बालबालिकाहरू लगेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “ट्रम्पले जेलेन्स्कीलाई युद्धका क्रममा युक्रेनबाट हराएका बालबालिकार अपहरणमा परेका बालबालिकाबारे सोधपुछ गर्नुभएको थियो ।”
“राष्ट्रपति ट्रम्पले ती बालबालिकालाई घर फर्काउने सुनिश्चित गर्न दुवै पक्षसँग मिलेर काम गर्ने वचन दिनुभएको छ,” उनले भने ।
येल युनिभर्सिटीको ह्युमेनिटेरियन रिसर्च ल्याबले हराएका बालबालिकाको खोजी गरिरहेको छ तर ट्रम्पले विदेशी सहायतामा व्यापक कटौती गरेपछि अमेरिकी सरकारबाट महत्वपूर्ण आर्थिक सहयोग गुमाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले आर्थिक सहयोग कटौती भएको स्वीकार गर्दै परियोजनाको डाटा मेटिएको भन्ने ‘षडयन्त्रको सिद्धान्त’लाई अस्वीकार गरेका छन् ।
कटौतीको बचाउ गर्दै ब्रुसले भने, “आर्थिक सहयोग कटौतीलाई नगर्न र विद्यमान यथास्थिति नै लक्ष्य हासिल गर्ने एक मात्र उपाय हो ।” उनले अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले आफ्नो कुटनीतिको माध्यमबाट यस विषयलाई सम्बोधन गरिरहेको बताए ।
“मलाई लाग्छ कि यो एक राम्रो स्पष्ट सङ्केत हो र हामी अझै पनि महत्त्वपूर्ण मुद्दाहरूमा काम गर्न सक्छौं र तिनीहरूलाई अस्तित्वमा रहेको एक निश्चित संरचना बिना नै सम्बोधन गर्न सक्छौँ,” ब्रुसले भने ।
मानवीय अनुसन्धान ल्याबका अनुसार १९ हजारभन्दा बढी बालबालिकालाई रुस लगिएकोमा एक हजार २ सय ३६ जना मात्र फर्केका छन् ।
समूहले युक्रेनबाट आएका आठ हजार ४ सय भन्दा बढी बालबालिकालाई रुस वा रुसको नियन्त्रणमा रहेको क्षेत्रमा ४३ र बेलारुसमा १३ बालबालिका संरक्षण केन्द्रमास्थानान्तरण गरिएको जनाएको छ ।
समूहको अनुसन्धान अनुसार बच्चाहरूले अक्सर दुव्र्यवहार, अपर्याप्त खानाको अनुभव गरेका छन् र उनीहरूलाई रूसद्वारा प्रेरित अक्सर सैन्य प्रशिक्षण दिइएको छ ।
रुसले दुव्र्यवहारको खण्डन गर्दै आफ्नो कामलाई अनाथ बालबालिकालाई अङ्गीकार गर्ने मानवीय कार्यक्रमका रुपमा व्याख्या गरेको छ । अमेरिकी सांसदहरूको द्विदलीय समूहले ‘डिपोजिटरी’को डाटा स्थायी रूपमा मेटिएको छ भन्ने विश्वास गर्ने खाधार आफूसँग रहेको बताएको छ ।
डेमोक्र्याट् सांसद ग्रेग ल्यान्ड्सम्यानको नेतृत्वमा लेखिएको पत्रमा भनिएको छ, “यदि यो सत्य हो भने यसले विनाशकारी परिणाम निम्त्याउनेछ ।”
अमेरिकी विदेशमन्त्री रुबियो र अर्थमन्त्री स्कट बेसेन्टलाई सम्बोधन गरिएको पत्रमा येल परियोजनाले अहिले महत्वपूर्ण स्याटेलाइट तस्वीरहरूमा पहुँच नभएको पनि उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
प्रविधि र एल्गोरिदमले समाजलाई भ्रमित पार्ने काम गर्योः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालका एल्गोरिदम र प्रविधिको दुरुपयोगले समाजमा विकृति तथा भ्रम फैलाइरहेको आरोप लगाएका...
-
भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच २५ मिनेट वार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर र प्रधानमन्त्री शाहबीच २५ मिनेट...
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
समाजलाई भ्रममुक्त बनाउन आवश्यकः ओली
काठमाडाैं । नेकपा (एमाले)का नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्ने कामको अगुवाइ आफूहरूले गर्नुपर्ने...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...
-
सरकारलाई कार्यशैली सच्याउन मानव अधिकार रक्षकहरूको आग्रह, १० बुँदे सुधार प्रस्ताव सार्वजनिक
काठमाडौं। जवाफदेही निगरानी समितिमा आबद्ध मानव अधिकार रक्षकहरूले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले जेनजी...













