जिल्ला अदालतको आदेशविरुद्ध आज उच्च अदालत जाँदै रवि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पाटन उच्च अदालत जाँदै छन् ।
उनले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध आज पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका हुन्। शुक्रबार ११ बजे अदालत जाने लामिछानेको सचिवालयले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।
Comments
अरु समाचार
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज प्रस्थान गरेका छन्...
-
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने
काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...
-
आफ्नो सांसद पद फुकुवा गर्न सभामुख समक्ष लामिछानेको आग्रह
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद फुकुवाको निम्ति आग्रह गरेका छन्। मंगलबार पार्टीका...
-
संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस
काठमाडौं । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न...
-
थाइ नेपाली संघले म्यानमार भूकम्प पीडितका लागि सहयोग रकम जुटाउँदै
काठमाडौं । थाइ नेपाली संघ सेन्टर बोर्ड दुःख निवारण डिपार्टमेन्टले म्यानमार भूकम्प पीडितका लागि सहयोग संकलन गरिरहकेो छ । संघमार्फत...
-
प्रधानमन्त्री ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...
-
प्रतिनिधिसभाको बैठक आज पनि, तीन विधेयक पारित गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको...
-
काठमाडौं विश्वकै प्रदूषित अवस्थामा, तत्काल पानी नपर्ने
काठमाण्डौ । आज पनि काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको...
-
निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो
काठमाण्डौ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू...