प्रेस चौतारीलाई श्रमजीवी पत्रकारको पहिलो संगठन बनाउने अध्यक्षका उम्मेदवार राजेश राईको प्रतिबद्धता
काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी नेपालको अध्यक्षका लागि उपाध्यक्ष राजेश राईले उम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत आज फेरि आफ्नै कुरा शीर्षकमा ११६८ शब्दको सन्देशसहित उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहाँले तीन वर्षमा प्रेस चौतारी नेपाललाई एक श्रमजीवी पत्रकारको पहिलो संगठन बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा लेख्नुभएको छ, ‘सांगठानिक हिसाबले प्रेस चौतारी नेपाललाई एक श्रमजीवी पत्रकारको पहिलो संगठन र पार्टीको पहिलो जनसंगठनको रुपमा ३ वर्षमा स्थापित गर्नेछु । प्रेस चौतारी नेपालका सदस्यहरु पेसागत र वैचारिक हिसाबले सबैभन्दा अब्बल बन्नेछन् । भौतिक रुपमा ३ वर्षमा एक अत्याधुनिक प्रेस चौतारी नेपालको भवनमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु ।’
यस्तो छ राईको उम्मेदवारी घोषणासँगैको सन्देश
आज फेरि आफ्नै कुरा :-
नेपाली श्रमजीवी पत्रकारहरुको सबैभन्दा अग्रणी संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको मिति नजिक (१०–१२, चैत) आएको छ । जिल्ला जिल्लाबाट साथीहरु महाधिवेशनस्थल विराटनगरतर्फ प्रस्थानको तयारीमा हुनुहुन्छ । सबै साथीहरुलाई शुभयात्रा र स्वागत ।
स्वभाविक रुपमा यतिबेला धेरै अग्रज र अनुजहरुको प्रश्न छ, ‘यसपाली तिमि के गर्छौं ?’ यसमा मेरो उत्तर छ :
प्रेस चौतारी नेपालको सांगठानिक जीवनको हिसाबले मैले मेरो जीन्दगीको दुई दसक भन्दा बढी (२१ वर्ष) खर्चिएको छु । प्रेस चौतारी नेपालको धनकुटा सचिव, अध्यक्ष तात्कालिन पूर्वाञ्चल सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारीमा छु । यस हिसाबले मैले संगठनको सबै तह र पदको जिम्मेवारी सम्हालेर यहाँसम्म आएको छु ।
जिल्ला समितिमा :
– धनकुटा जिल्ला सचिव :(२०६१–२०६४)
– धनकुटा जिल्ला अध्यक्ष (२०६४–२०६६)
केन्द्रीय समितिमा :-
– सदस्य : छैटौं राष्ट्रिय महाधिवेशन (२०६६)
– सचिव : सातौं राष्ट्रिय महाधिवेशन (२०६९)
– महासचिव : आठौं राष्ट्रिय महाधिवेशन (२०७३)
– उपाध्यक्ष : नवौं राष्ट्रिय महाधिवेशन (२०७८)
अब १० औं राष्ट्रिय महाधिवेशनमा आइपुग्दा मसँग जम्मै दुईवटा बाटा अथवा रोजाई छन् ।
पहिलो : अध्यक्षको जिम्मेवारी लिएर नेतृत्व गर्ने ।
दोस्रो : संगठनबाट बिदा लिएर नयाँ मोर्चामा काम गर्ने ।
स्वभाविक रुपमा मेरो पहिलो रोजाई, अध्यक्षको जिम्मेवारी लिएर संगठनको एक पटक नेतृत्व गर्ने नै हो ।
हामीलाई थाहा छ, प्रेस चौतारी नेपाल नेकपा (एमाले) को एउटा पेसागत जनसंगठन हो । नेकपा (एमाले) यस्तो पार्टी हो, जसको सबैभन्दा राम्रो संगठनात्मक संरचना र प्रणाली छ । एमालेले ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’को अभ्यास गर्दै आएको छ ।
निश्चित रूपमा प्रेस चौतारी नेपालले पनि संगठन सञ्चालनमा मूलतः लेनिनवादी संगठनात्मक सिद्धान्तको प्रयोग र अभ्यास हुँदै आएको छ । ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’ अर्थात् संगठन सञ्चालनको मुख्य विधि जनवादी केन्द्रीयता (परिपूरक वा एकको अस्तित्व वा उपस्थितिबिना अर्काेको अस्तित्व वा उपस्थिति असम्भव) हो ।
सुरुमा केन्द्रीयताको कुरा गरौं :
मलाई अहिलेसम्म पार्टीले औपचारिक रुपमा ‘अब तेरो स्थान यही हो’ भनेर निर्देश गरेको छैन । सायद अब गर्नेछ । मलाई गहिरो विश्वास छ, यसपाली पार्टी नेतृत्व/ संगठनको नेतृत्वले मलाई न्याय गर्नेछ । मेरो विश्वासको पहिलो आधार हो, अहिलेको हाम्रो संगठनको संरचनामा रहेका हामीहरु । अर्थात् हाम्रो संगठनको आदरणीय अध्यक्ष गणेश बस्नेतले यसपाली बिदा लिएर नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्नु भएको छ ।
आदरणीय गणेश दाई अर्थात् संस्थापक पुस्ताले छोड्दै गर्दा स्वभाविक रुपमा हामी ४ जना दाबेदार थियौं । प्रिय उपाध्यक्ष कमरेडहरु, गणेश पाण्डे, सबिन प्रियासन, देबिका घर्ती मगर, म, महासचिव हिरामान लामा । सचिव लोग्शरी कुँवरको पनि दाबी रहेको छ ।
चार उपाध्यक्ष मध्ये उपाध्यक्ष गणेश पाण्डे कमरेडले पार्टी प्रचार तथा प्रकाशन विभागको सचिव जस्तो गरिमामय जिम्मेवारी पाउनु भएको छ । उहाँले भर्खरै सपथ लिनु भएको छ। दुई उपाध्यक्ष सबिन प्रियासन र देविका घर्ती मगर कमरेड नेपाल पत्रकार महासंघको मोर्चामा जानु भएको छ । अब रह्यौं, महासचिव हिरामान लामा कमरेड र म । महासचिव कमरेडले ‘तपाई अघि बढ्दा म अटाउन सक्छु’ भन्नु भएको छ । म भन्छु, महासचिव कमरेडले अध्यक्षमा दाबी गर्दा उहाँलाई अघि बढाउन तयार छु । उहाँले नगर्दा स्वभाविक रुपमा मेरो पहिलो हक लाग्छ ।
संगठनका मेरो आदरणीय अध्यक्ष गणेश बस्नेतले पनि तिम्रो दाबेदारी स्वभाविक छ भन्नु भएको छ । पार्टी नेतृत्वसँग कुरा गर्दा पनि त्यही भन्नु भएको छ । यस हिसाबले मलाई पार्टी नेतृत्वले केन्द्रीयताको अभ्यासबाटै अवसरको नेतृत्व दिनु हुन्छ भन्ने गहिरो विश्वास छ । दोस्रो अर्थात् जनवादको अभ्याससम्म जानै नपर्ने बस्तुगत अवस्था हो । उल्लेखित तथ्यबाट हेर्दा न्यायपूर्ण पनि यही हुनेछ ।
दोस्रो, जनवादको कुरा :
अहिलेसम्म पार्टी नेतृत्व/ संगठन नेतृत्वबाट हामी दाबेदारहरुलाई राखेर औपचारिक निर्देश भएको छैन । यसको मतलब अर्थात् हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर ।’
जननेता मदन भण्डारीले त्यस अतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने सन्दर्भमा थप व्याख्या गर्नुभएको छ । हामीले संगठन निर्माणलाई यही आलोकमा गर्नुपर्दछ ।
हो, यही वस्तुगत अवस्था र आलोकमा प्रेस चौतारी नेपाल १० औं राष्ट्रिय सम्मेलनमा अध्यक्षको उम्मेदारी घोषणा गर्न चहान्छु ।
आदरणीय अग्रज र प्रिय अनुजहरू !
वि. स. २०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपालमा ७ हजार भन्दा बढी पत्रकारहरु संगठित छन् । आदरणीय संस्थापक विजय चालिसदेखि सम्भु श्रेष्ठ, डा.बालकृष्ण चापागाई, गगन विष्ट निवर्तमान आदरणीय अध्यक्ष राजेन्द्र अर्याल हुँदै वर्तमान आदरणीय अध्यक्ष गणेश बस्नेतले यसको गरिमा र गौरवलाई उचो बनाउनु भएको छ । आठ भौगोलिक प्रदेश (सात प्रदेश र उपत्यका प्रदेश), प्रतिष्ठान र एशोसिएट प्रदेश गरी १० प्रदेश समिति र ७७ वटै जिल्लामा यसको शाखा समितिहरु रहेका छन् ।
हामीले आम सञ्चार क्षेत्रको नीति निर्माण र श्रमजीवी पत्रकारहरुको हकहितको मुद्दामा यो संगठनले जहिल्यै अगुवाई गर्दै आएका छौं । यही कारण आज यो संगठन सञ्चार क्षेत्रको सबैभन्दा अग्रणी संगठनको रुपमा स्थापित भएको हो ।
यो संगठनले इतिहासमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत हक, श्रम अधिकारको संरक्षण, सूचना हकको रक्षा र व्यावसायीक पत्रकारिताको बिकासमा गौरवमय इतिहास बनाएको छ । यो केवल श्रमजीवी पत्रकारहरुको मात्रै होइन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अगुवा नागरिक संगठन रुपमा पनि स्थापित छ ।
हामीलाई थाहा छ, हाम्रा अग्रजहरूको कष्टसाध्य संघर्ष र त्यागको जगमा प्रेस चौतारी नेपालको विगत गौरवमयी छ । वर्तमान चुनौतीपूर्ण छ । यो चुनौतीलाई बढो दृढतापूर्वक सामना गरेर उज्यालो भबिष्य निर्माण गर्ने जिम्मेवारी तपाईंहाम्रो काँधमा छ । त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुछ ।
नेपाली पत्रकारिताको इतिहास १ सय २३ वर्षको छ । पछिल्लो तथ्याङ्ग अनुसार सञ्चार माध्यमको संख्या नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा छन् । करिब १३ हजार ७७ पत्रकार कार्यरत छन् । तर अब नेपालको पत्रकारिता ‘नयाँ टर्निङ पइन्ट’मा उभिएको छ ।
पाठक, दर्शक र स्रोता माथि उल्लेखित सञ्चार माध्यम र पत्रकारहरुले उत्पादन गरिरहेको सञ्चार सामग्रीमा मात्रै सीमित छैनन् । कतै एजेन्डा सेटिङ अब विस्तारै माथि उल्लेखित सञ्चार माध्यम र पत्रकारहरुबाहेक अरुले नै गर्ने अवस्थामा पुग्ने त होइन ? त्यस हिसाबले सञ्चार क्षेत्रको प्याराडाइम सिफ्ट’ त भइरहेको छैन ? बदलिएको सूचना प्रविधिको आयाम अनुसार कसरी हामी बदलिन्छौं ?
नेपाली पत्रकारितामाथिको अहिलेको प्रश्न यो हो ? यही प्रश्नलाई केन्द्रमा राखेर हामीले हाम्रो आन्दोलन बदल्नुछ । हामीले श्रमजीवी पत्रकारहरुलाई दक्ष बनाउनु छ । त्यसको लागि मैले ठोस कार्ययोजना नै पेश गरेको छु ।
यहाँहरुलाई थाहा छ, प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारलाई संगठित गर्दै श्रमजीवी पत्रकारहरुको पक्षमा अभियान र आन्दोलनको नेतृत्व गर्दै आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सूचनाको हकको प्रवद्र्धनको नेतृत्व गरेको छ । व्यवसायिक पत्रकारिताको विकास र बिस्तारको नेतृत्व गरेको छ । सञ्चारसँग सम्बन्धित नीति, नियम र कानून निर्माणमा योगदान र पहलकदमी गरेको छ । समाज परिवर्तन र रुपान्तरणमा सञ्चार क्षेत्रबाट योगदान गरेको छ ।
अब हाम्रो सामु प्रश्न छ, बदलिएको अवस्थामा श्रमजीवी पत्रकारहरुको समस्या सम्बोधनको लागि के योजना छ ? ‘बदलिएको सन्दर्भमा पार्टीको प्रचार कामलाई प्रभावकारी बनाउने योजना के छ ?’बदलिएको अवस्थामा श्रमजीवी पत्रकारहरुको अभियान र आन्दोलनलाई कसरी बदल्ने ? ‘एजेन्डा सेटिङ’ सोसल मिडियाबाट भइरहेको बेला त्यसको प्रयोग र परिचालनको योजना के छ ?
‘एजेन्डा सेटिङ’ र आर्थिक दुबै हिसाबले न्यू मिडियाका सञ्चारकर्मीहरु प्रभावी भइरहेको बेला प्रेस चौतारीको झन्डामुनि उनीहरुलाई गोलबन्द गर्ने कार्य योजना के छ ?
हाम्रो सामु अर्को प्रश्न छ, पार्टीको मिसन–२०८४ लाई सफल पार्नका लागि प्रचारको योजना के छ ?, पार्टीका नेता र नेतृत्वविरुद्ध निर्माण गरिएका गलत भाष्य र बिम्बलाई भत्काउने योजना के छ ? सिंगो समाज र पुस्तालाई निराशाको आँधीहुरी चलाएर डिप्रेसनमा लैजाने निराशाको खेती विरुद्ध सञ्चार क्षेत्रबाट कसरी आशाको सञ्चार गर्नेछौं ?
यसको लामो उत्तर बोकेर तपाईहरुको तपाईहरुसँग छु ।
सांगठानिक हिसाबले प्रेस चौतारी नेपाललाई एक श्रमजीवी पत्रकारको पहिलो संगठन र पार्टीको पहिलो जनसंगठनको रुपमा ३ वर्षमा स्थापित गर्नेछु । प्रेस चौतारी नेपालका सदस्यहरु पेसागत र वैचारिक हिसाबले सबैभन्दा अब्बल बन्नेछन् । भौतिक रुपमा ३ वर्षमा एक अत्याधुनिक प्रेस चौतारी नेपालको भवनमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












