प्रेस चौतारीलाई श्रमजीवी पत्रकारको पहिलो संगठन बनाउने अध्यक्षका उम्मेदवार राजेश राईको प्रतिबद्धता
काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी नेपालको अध्यक्षका लागि उपाध्यक्ष राजेश राईले उम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत आज फेरि आफ्नै कुरा शीर्षकमा ११६८ शब्दको सन्देशसहित उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहाँले तीन वर्षमा प्रेस चौतारी नेपाललाई एक श्रमजीवी पत्रकारको पहिलो संगठन बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा लेख्नुभएको छ, ‘सांगठानिक हिसाबले प्रेस चौतारी नेपाललाई एक श्रमजीवी पत्रकारको पहिलो संगठन र पार्टीको पहिलो जनसंगठनको रुपमा ३ वर्षमा स्थापित गर्नेछु । प्रेस चौतारी नेपालका सदस्यहरु पेसागत र वैचारिक हिसाबले सबैभन्दा अब्बल बन्नेछन् । भौतिक रुपमा ३ वर्षमा एक अत्याधुनिक प्रेस चौतारी नेपालको भवनमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु ।’
यस्तो छ राईको उम्मेदवारी घोषणासँगैको सन्देश
आज फेरि आफ्नै कुरा :-
नेपाली श्रमजीवी पत्रकारहरुको सबैभन्दा अग्रणी संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको मिति नजिक (१०–१२, चैत) आएको छ । जिल्ला जिल्लाबाट साथीहरु महाधिवेशनस्थल विराटनगरतर्फ प्रस्थानको तयारीमा हुनुहुन्छ । सबै साथीहरुलाई शुभयात्रा र स्वागत ।
स्वभाविक रुपमा यतिबेला धेरै अग्रज र अनुजहरुको प्रश्न छ, ‘यसपाली तिमि के गर्छौं ?’ यसमा मेरो उत्तर छ :
प्रेस चौतारी नेपालको सांगठानिक जीवनको हिसाबले मैले मेरो जीन्दगीको दुई दसक भन्दा बढी (२१ वर्ष) खर्चिएको छु । प्रेस चौतारी नेपालको धनकुटा सचिव, अध्यक्ष तात्कालिन पूर्वाञ्चल सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारीमा छु । यस हिसाबले मैले संगठनको सबै तह र पदको जिम्मेवारी सम्हालेर यहाँसम्म आएको छु ।
जिल्ला समितिमा :
– धनकुटा जिल्ला सचिव :(२०६१–२०६४)
– धनकुटा जिल्ला अध्यक्ष (२०६४–२०६६)
केन्द्रीय समितिमा :-
– सदस्य : छैटौं राष्ट्रिय महाधिवेशन (२०६६)
– सचिव : सातौं राष्ट्रिय महाधिवेशन (२०६९)
– महासचिव : आठौं राष्ट्रिय महाधिवेशन (२०७३)
– उपाध्यक्ष : नवौं राष्ट्रिय महाधिवेशन (२०७८)
अब १० औं राष्ट्रिय महाधिवेशनमा आइपुग्दा मसँग जम्मै दुईवटा बाटा अथवा रोजाई छन् ।
पहिलो : अध्यक्षको जिम्मेवारी लिएर नेतृत्व गर्ने ।
दोस्रो : संगठनबाट बिदा लिएर नयाँ मोर्चामा काम गर्ने ।
स्वभाविक रुपमा मेरो पहिलो रोजाई, अध्यक्षको जिम्मेवारी लिएर संगठनको एक पटक नेतृत्व गर्ने नै हो ।
हामीलाई थाहा छ, प्रेस चौतारी नेपाल नेकपा (एमाले) को एउटा पेसागत जनसंगठन हो । नेकपा (एमाले) यस्तो पार्टी हो, जसको सबैभन्दा राम्रो संगठनात्मक संरचना र प्रणाली छ । एमालेले ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’को अभ्यास गर्दै आएको छ ।
निश्चित रूपमा प्रेस चौतारी नेपालले पनि संगठन सञ्चालनमा मूलतः लेनिनवादी संगठनात्मक सिद्धान्तको प्रयोग र अभ्यास हुँदै आएको छ । ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’ अर्थात् संगठन सञ्चालनको मुख्य विधि जनवादी केन्द्रीयता (परिपूरक वा एकको अस्तित्व वा उपस्थितिबिना अर्काेको अस्तित्व वा उपस्थिति असम्भव) हो ।
सुरुमा केन्द्रीयताको कुरा गरौं :
मलाई अहिलेसम्म पार्टीले औपचारिक रुपमा ‘अब तेरो स्थान यही हो’ भनेर निर्देश गरेको छैन । सायद अब गर्नेछ । मलाई गहिरो विश्वास छ, यसपाली पार्टी नेतृत्व/ संगठनको नेतृत्वले मलाई न्याय गर्नेछ । मेरो विश्वासको पहिलो आधार हो, अहिलेको हाम्रो संगठनको संरचनामा रहेका हामीहरु । अर्थात् हाम्रो संगठनको आदरणीय अध्यक्ष गणेश बस्नेतले यसपाली बिदा लिएर नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्नु भएको छ ।
आदरणीय गणेश दाई अर्थात् संस्थापक पुस्ताले छोड्दै गर्दा स्वभाविक रुपमा हामी ४ जना दाबेदार थियौं । प्रिय उपाध्यक्ष कमरेडहरु, गणेश पाण्डे, सबिन प्रियासन, देबिका घर्ती मगर, म, महासचिव हिरामान लामा । सचिव लोग्शरी कुँवरको पनि दाबी रहेको छ ।
चार उपाध्यक्ष मध्ये उपाध्यक्ष गणेश पाण्डे कमरेडले पार्टी प्रचार तथा प्रकाशन विभागको सचिव जस्तो गरिमामय जिम्मेवारी पाउनु भएको छ । उहाँले भर्खरै सपथ लिनु भएको छ। दुई उपाध्यक्ष सबिन प्रियासन र देविका घर्ती मगर कमरेड नेपाल पत्रकार महासंघको मोर्चामा जानु भएको छ । अब रह्यौं, महासचिव हिरामान लामा कमरेड र म । महासचिव कमरेडले ‘तपाई अघि बढ्दा म अटाउन सक्छु’ भन्नु भएको छ । म भन्छु, महासचिव कमरेडले अध्यक्षमा दाबी गर्दा उहाँलाई अघि बढाउन तयार छु । उहाँले नगर्दा स्वभाविक रुपमा मेरो पहिलो हक लाग्छ ।
संगठनका मेरो आदरणीय अध्यक्ष गणेश बस्नेतले पनि तिम्रो दाबेदारी स्वभाविक छ भन्नु भएको छ । पार्टी नेतृत्वसँग कुरा गर्दा पनि त्यही भन्नु भएको छ । यस हिसाबले मलाई पार्टी नेतृत्वले केन्द्रीयताको अभ्यासबाटै अवसरको नेतृत्व दिनु हुन्छ भन्ने गहिरो विश्वास छ । दोस्रो अर्थात् जनवादको अभ्याससम्म जानै नपर्ने बस्तुगत अवस्था हो । उल्लेखित तथ्यबाट हेर्दा न्यायपूर्ण पनि यही हुनेछ ।
दोस्रो, जनवादको कुरा :
अहिलेसम्म पार्टी नेतृत्व/ संगठन नेतृत्वबाट हामी दाबेदारहरुलाई राखेर औपचारिक निर्देश भएको छैन । यसको मतलब अर्थात् हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर ।’
जननेता मदन भण्डारीले त्यस अतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने सन्दर्भमा थप व्याख्या गर्नुभएको छ । हामीले संगठन निर्माणलाई यही आलोकमा गर्नुपर्दछ ।
हो, यही वस्तुगत अवस्था र आलोकमा प्रेस चौतारी नेपाल १० औं राष्ट्रिय सम्मेलनमा अध्यक्षको उम्मेदारी घोषणा गर्न चहान्छु ।
आदरणीय अग्रज र प्रिय अनुजहरू !
वि. स. २०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपालमा ७ हजार भन्दा बढी पत्रकारहरु संगठित छन् । आदरणीय संस्थापक विजय चालिसदेखि सम्भु श्रेष्ठ, डा.बालकृष्ण चापागाई, गगन विष्ट निवर्तमान आदरणीय अध्यक्ष राजेन्द्र अर्याल हुँदै वर्तमान आदरणीय अध्यक्ष गणेश बस्नेतले यसको गरिमा र गौरवलाई उचो बनाउनु भएको छ । आठ भौगोलिक प्रदेश (सात प्रदेश र उपत्यका प्रदेश), प्रतिष्ठान र एशोसिएट प्रदेश गरी १० प्रदेश समिति र ७७ वटै जिल्लामा यसको शाखा समितिहरु रहेका छन् ।
हामीले आम सञ्चार क्षेत्रको नीति निर्माण र श्रमजीवी पत्रकारहरुको हकहितको मुद्दामा यो संगठनले जहिल्यै अगुवाई गर्दै आएका छौं । यही कारण आज यो संगठन सञ्चार क्षेत्रको सबैभन्दा अग्रणी संगठनको रुपमा स्थापित भएको हो ।
यो संगठनले इतिहासमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत हक, श्रम अधिकारको संरक्षण, सूचना हकको रक्षा र व्यावसायीक पत्रकारिताको बिकासमा गौरवमय इतिहास बनाएको छ । यो केवल श्रमजीवी पत्रकारहरुको मात्रै होइन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अगुवा नागरिक संगठन रुपमा पनि स्थापित छ ।
हामीलाई थाहा छ, हाम्रा अग्रजहरूको कष्टसाध्य संघर्ष र त्यागको जगमा प्रेस चौतारी नेपालको विगत गौरवमयी छ । वर्तमान चुनौतीपूर्ण छ । यो चुनौतीलाई बढो दृढतापूर्वक सामना गरेर उज्यालो भबिष्य निर्माण गर्ने जिम्मेवारी तपाईंहाम्रो काँधमा छ । त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुछ ।
नेपाली पत्रकारिताको इतिहास १ सय २३ वर्षको छ । पछिल्लो तथ्याङ्ग अनुसार सञ्चार माध्यमको संख्या नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा छन् । करिब १३ हजार ७७ पत्रकार कार्यरत छन् । तर अब नेपालको पत्रकारिता ‘नयाँ टर्निङ पइन्ट’मा उभिएको छ ।
पाठक, दर्शक र स्रोता माथि उल्लेखित सञ्चार माध्यम र पत्रकारहरुले उत्पादन गरिरहेको सञ्चार सामग्रीमा मात्रै सीमित छैनन् । कतै एजेन्डा सेटिङ अब विस्तारै माथि उल्लेखित सञ्चार माध्यम र पत्रकारहरुबाहेक अरुले नै गर्ने अवस्थामा पुग्ने त होइन ? त्यस हिसाबले सञ्चार क्षेत्रको प्याराडाइम सिफ्ट’ त भइरहेको छैन ? बदलिएको सूचना प्रविधिको आयाम अनुसार कसरी हामी बदलिन्छौं ?
नेपाली पत्रकारितामाथिको अहिलेको प्रश्न यो हो ? यही प्रश्नलाई केन्द्रमा राखेर हामीले हाम्रो आन्दोलन बदल्नुछ । हामीले श्रमजीवी पत्रकारहरुलाई दक्ष बनाउनु छ । त्यसको लागि मैले ठोस कार्ययोजना नै पेश गरेको छु ।
यहाँहरुलाई थाहा छ, प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारलाई संगठित गर्दै श्रमजीवी पत्रकारहरुको पक्षमा अभियान र आन्दोलनको नेतृत्व गर्दै आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सूचनाको हकको प्रवद्र्धनको नेतृत्व गरेको छ । व्यवसायिक पत्रकारिताको विकास र बिस्तारको नेतृत्व गरेको छ । सञ्चारसँग सम्बन्धित नीति, नियम र कानून निर्माणमा योगदान र पहलकदमी गरेको छ । समाज परिवर्तन र रुपान्तरणमा सञ्चार क्षेत्रबाट योगदान गरेको छ ।
अब हाम्रो सामु प्रश्न छ, बदलिएको अवस्थामा श्रमजीवी पत्रकारहरुको समस्या सम्बोधनको लागि के योजना छ ? ‘बदलिएको सन्दर्भमा पार्टीको प्रचार कामलाई प्रभावकारी बनाउने योजना के छ ?’बदलिएको अवस्थामा श्रमजीवी पत्रकारहरुको अभियान र आन्दोलनलाई कसरी बदल्ने ? ‘एजेन्डा सेटिङ’ सोसल मिडियाबाट भइरहेको बेला त्यसको प्रयोग र परिचालनको योजना के छ ?
‘एजेन्डा सेटिङ’ र आर्थिक दुबै हिसाबले न्यू मिडियाका सञ्चारकर्मीहरु प्रभावी भइरहेको बेला प्रेस चौतारीको झन्डामुनि उनीहरुलाई गोलबन्द गर्ने कार्य योजना के छ ?
हाम्रो सामु अर्को प्रश्न छ, पार्टीको मिसन–२०८४ लाई सफल पार्नका लागि प्रचारको योजना के छ ?, पार्टीका नेता र नेतृत्वविरुद्ध निर्माण गरिएका गलत भाष्य र बिम्बलाई भत्काउने योजना के छ ? सिंगो समाज र पुस्तालाई निराशाको आँधीहुरी चलाएर डिप्रेसनमा लैजाने निराशाको खेती विरुद्ध सञ्चार क्षेत्रबाट कसरी आशाको सञ्चार गर्नेछौं ?
यसको लामो उत्तर बोकेर तपाईहरुको तपाईहरुसँग छु ।
सांगठानिक हिसाबले प्रेस चौतारी नेपाललाई एक श्रमजीवी पत्रकारको पहिलो संगठन र पार्टीको पहिलो जनसंगठनको रुपमा ३ वर्षमा स्थापित गर्नेछु । प्रेस चौतारी नेपालका सदस्यहरु पेसागत र वैचारिक हिसाबले सबैभन्दा अब्बल बन्नेछन् । भौतिक रुपमा ३ वर्षमा एक अत्याधुनिक प्रेस चौतारी नेपालको भवनमा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेछु ।
Comments
अरु समाचार
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...
-
धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने
काठमाण्डौ । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा...
-
आजको राशिफल: २०८१ चैत ९ गते शनिवार
मेष: सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। काम...