गणतन्त्र विरोधी गतिविधि कायम राखे प्रतिरोध गर्ने विभिन्न युवा संगठनको चेतावनी
काठमाण्डौ । विभिन्न ६ राजनीतिक दलका युवा सङ्गठनहरूले राजावादी गतिविधि कायम रहे प्रतिकार गर्ने चेतावनी दिएका छन् । सत्तापक्ष र प्रतिपक्ष दल निकट नेपाल तरुणदल, राष्ट्रिय युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट नेपाल, युवा सङ्घ नेपाल, युवा सङ्गठन नेपाल र नेपाल समाजवादी युवा सङ्घले संयुक्त विज्ञप्ति निकालेर ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ’ कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा अराजकपन्थी दुर्गा प्रसाईं र रविन्द्र मिश्रहरुको नेतृत्वको समूहले काठमाण्डौको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा उदण्डता, अराजकता र हिंसा गरेका उनीहरुको आरोप छ ।
‘देश शान्ति र समृद्धिको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजानेगरी आपराधिक तवरले गरिएको सार्वजनिक सम्पत्ति, सवारी साधन, सञ्चार गृह तोडफोड एवम् सुपर मार्केटमा लुटपाट मच्चाएर समाजलाई आतङ्क सिर्जना गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई लोकतन्त्रका हिमायति युवा शक्तिले कदापि स्वीकार गर्न सक्दैनन हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा सङ्गठनहरु स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि, संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत गरिने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ ।’
६ युवा सङ्गठनले संविधान विपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्र विरोधी षड्यन्त्र गर्ने कुनै पनि समूह वा व्यक्तिलाई यथाशिघ्र कानूनी दायरामा ल्याउनसमेत माग गरेका छन् । लोकतान्त्रिक प्रणालीलाई अझै सम्बद्ध गर्न, कमीकमजोरी सच्याउने खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागि व्यवस्थाविरुद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन उनीहरुले नागरिकसँग अपिल पनि गरेका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












