गणतन्त्र विरोधी गतिविधि कायम राखे प्रतिरोध गर्ने विभिन्न युवा संगठनको चेतावनी
काठमाण्डौ । विभिन्न ६ राजनीतिक दलका युवा सङ्गठनहरूले राजावादी गतिविधि कायम रहे प्रतिकार गर्ने चेतावनी दिएका छन् । सत्तापक्ष र प्रतिपक्ष दल निकट नेपाल तरुणदल, राष्ट्रिय युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट नेपाल, युवा सङ्घ नेपाल, युवा सङ्गठन नेपाल र नेपाल समाजवादी युवा सङ्घले संयुक्त विज्ञप्ति निकालेर ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ’ कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा अराजकपन्थी दुर्गा प्रसाईं र रविन्द्र मिश्रहरुको नेतृत्वको समूहले काठमाण्डौको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा उदण्डता, अराजकता र हिंसा गरेका उनीहरुको आरोप छ ।
‘देश शान्ति र समृद्धिको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजानेगरी आपराधिक तवरले गरिएको सार्वजनिक सम्पत्ति, सवारी साधन, सञ्चार गृह तोडफोड एवम् सुपर मार्केटमा लुटपाट मच्चाएर समाजलाई आतङ्क सिर्जना गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई लोकतन्त्रका हिमायति युवा शक्तिले कदापि स्वीकार गर्न सक्दैनन हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा सङ्गठनहरु स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि, संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत गरिने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ ।’
६ युवा सङ्गठनले संविधान विपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्र विरोधी षड्यन्त्र गर्ने कुनै पनि समूह वा व्यक्तिलाई यथाशिघ्र कानूनी दायरामा ल्याउनसमेत माग गरेका छन् । लोकतान्त्रिक प्रणालीलाई अझै सम्बद्ध गर्न, कमीकमजोरी सच्याउने खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागि व्यवस्थाविरुद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन उनीहरुले नागरिकसँग अपिल पनि गरेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












