राजावादी प्रदर्शनमा कहाँ चुक्यो सरकार ?
काठमाडाैं । राजावादी शक्तिको आन्दोलन हिंसात्मक बन्दा काठमाडाैं आक्रान्त बन्यो । सरकारले सुरक्षा व्यवस्था चुस्त पार्न नसक्दा मानवीय क्षति समेत हुन पुग्यो । तर, राजावादीको प्रदर्शन र हिंसात्मक क्रियाकलापमाथि सरकारले भने कडा कारबाही गर्ने तयारी गरेको छ।
आन्दोलनको नाममा हिंसा भड्काउने काम गरेको भन्दै सरकारले अराजक गतिविधि नियन्त्रणमा लिन सुरक्षा प्रमुखसँगको छलफलपछि आवश्यक निर्णय लिएको बताएको छ।
सरकारले घाइतेको उपचार गर्ने भएको छ । घटनामा संलग्नलाई कानूनी कारबाही गर्ने गरि प्रदर्शनस्थलबाट सय बढिलाई नियन्त्रणमा लिएको छ ।
सरकारले सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप समेत लागेको छ । ‘निषेधित क्षेत्र तोड्न खोज्दा पनि प्रहरीले संयमता अपनाउने काम गर्यो । निषेधित क्षेत्र तोड्नेदेखि दुर्गा प्रसाईले सुरक्षा घेरा तोड्न खोज्दा स्थिति नियन्त्रण लिन आवश्यक सुरक्षा कारबाही गर्नु पर्थ्यो, त्यो हुन सकेन’, एक सुरक्षाअधिकारीले न्यूज नेपालसँग भने ‘प्रहरी धेरै संयम बन्न खोज्यो । दुई ठाउँको प्रदर्शनका कारण सुरक्षाकर्मी पनि अभाव देखिन पुग्यो ।’
यता राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाल लगायतका व्यक्तिलाई पक्राउ गरिसकेको छ । मिश्र र जबरामाथि प्रहरीले कारबाहीको तयारी समेत गरेको छ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












