राजावादी प्रदर्शनमा कहाँ चुक्यो सरकार ?
काठमाडाैं । राजावादी शक्तिको आन्दोलन हिंसात्मक बन्दा काठमाडाैं आक्रान्त बन्यो । सरकारले सुरक्षा व्यवस्था चुस्त पार्न नसक्दा मानवीय क्षति समेत हुन पुग्यो । तर, राजावादीको प्रदर्शन र हिंसात्मक क्रियाकलापमाथि सरकारले भने कडा कारबाही गर्ने तयारी गरेको छ।
आन्दोलनको नाममा हिंसा भड्काउने काम गरेको भन्दै सरकारले अराजक गतिविधि नियन्त्रणमा लिन सुरक्षा प्रमुखसँगको छलफलपछि आवश्यक निर्णय लिएको बताएको छ।
सरकारले घाइतेको उपचार गर्ने भएको छ । घटनामा संलग्नलाई कानूनी कारबाही गर्ने गरि प्रदर्शनस्थलबाट सय बढिलाई नियन्त्रणमा लिएको छ ।
सरकारले सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप समेत लागेको छ । ‘निषेधित क्षेत्र तोड्न खोज्दा पनि प्रहरीले संयमता अपनाउने काम गर्यो । निषेधित क्षेत्र तोड्नेदेखि दुर्गा प्रसाईले सुरक्षा घेरा तोड्न खोज्दा स्थिति नियन्त्रण लिन आवश्यक सुरक्षा कारबाही गर्नु पर्थ्यो, त्यो हुन सकेन’, एक सुरक्षाअधिकारीले न्यूज नेपालसँग भने ‘प्रहरी धेरै संयम बन्न खोज्यो । दुई ठाउँको प्रदर्शनका कारण सुरक्षाकर्मी पनि अभाव देखिन पुग्यो ।’
यता राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाल लगायतका व्यक्तिलाई पक्राउ गरिसकेको छ । मिश्र र जबरामाथि प्रहरीले कारबाहीको तयारी समेत गरेको छ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
काठमाडौं । भन्सार सम्बन्धी ऐनलाई संसोधन तथा एकिकरण गर्न बनेको भन्सार विधेयक आज बसेको प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ ।...
-
गगनविरुद्ध अदालतको अवहेलना मुद्दा सपना र नित्यानन्दको बेञ्चमा, पेशी पहिलो नम्बरमै
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढेको छ...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै...
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...