आर्मीलाई हराउँदै पुलिस बन्यो प्रधानमन्त्री कप च्याम्पियन
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
शनिबार रुपन्देहीको सिद्धार्थनगरको भएको फाइनल खेलमा टस जितेर पहिला फिल्डिङ गेरेको पुलिसले आर्मीलाई ४३ ओभरमा अलआउट गर्दै १५४ रनमै सिमित रोकेको थियो ।
पुलिसको जितका लागि कुशल भुर्तेलले ६१ रन बनाए । उनले ७० बलमा ७ चौका र ३ छक्क प्रहार गर्दै उक्त स्कोर खडा गरेका हुन् । त्यस्तै पुलिसका अर्का ओपनर अमित श्रेष्ठ ३९ रन बनाउँदा दिलिप नाथ ३१ रन नटआउट रहे । त्यस्तै, गुल्सन झा ९, शंकर राना १ रनमा आउट हुँदा अर्जुन साउदले नटआउट ९ रन बनाए।बलिङमा आर्मीका साहब आलमले ३ विकेट र नरेन साउदले १ विकेट हात पारे।
आर्मीका लागि बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्का सहित ८६ रनको नटआउट पारी खेले पनि त्यो आर्मीको जितका लागि पर्याप्त बनेन । त्यस्तै आमीका कप्तान विनोद भण्डारीले २९ रन जोड्दा ओपनर सन्तोष कार्की १, त्रृतराज दास ७, इमरान शेख ५ , नरेन साउद ७ रन र भीम सार्की ० शून्यमा आउट भए।
बलिङमा पुलिसका करण केसी र सागर ढकालले समान ३–३ विकेट हात पार्दा कप्तान दीपेन्द्रसिंह ऐरीले २, ललित राजवंशी र गुल्सन झाको नाममा ११ विकेट रह्यो।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं । थाइल्याण्डको औपचारीक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागिता जनाएर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्कदै...
-
आज नेपाल बारको निर्वाचन, मिश्र र श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा
काठमाडौं । नेपाल बार एशोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४...
-
काठमाडौं फेरि विश्वकै प्रदूषित, अस्वस्थकर वायु प्रदूषण
काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर खराब रहँदै आएको छ । वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू...
-
रास्वपाको कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको भर्चुअल बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । पार्टी...
-
आजको राशिफल: २०८१ चैत २३ गते शनिबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
रवि लामिछाने बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
-
ओली र मोदीको भेटपछि एमाले महासचिव पोखरेल उत्साहित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि नेकपा एमालेमा महासचिव शंकर पोखरेल उत्साहित देखिएका...
-
रवि र छविलाई थुनामा पठाउने उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको...
-
ओली र मोदी एकान्तमा ३५ मिनेट, हट्ला त सम्बन्धको चिसोपना ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डमा एक्लाएक्लै वार्ता भएको छ । बिमस्टेकको शिखर सम्मेलना...