ज्ञानेन्द्रलाई बयान लिएर कारबाही गर्नुपर्छ: डा. बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा जारी गणतन्त्र पक्षधरहरूको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
जरुरी काम भएको भन्दै सुरुमै आफ्ना कुरा राखेका भट्टराईले भने ‘ज्ञानेन्द्र शाहले जुन हर्कत गर्दै आइरहेका थिए । अस्ति १५ गते उनकै उक्साहट र निर्देशनमा जुन गतिविधि भए । त्यसले सिमा नाघ्यो,’ बैठकमा राखेको भनाइ उद्धृत गर्दै उनले भनेका छन्, ‘उनलाई अब समय दिन सकिँदैन । दलहरूले यो विषयमा एउटा सहमति बनाएर उनलाई आवश्यक संवैधानिक कानुनी कारबाही अघि बढाउनुपर्छ भनेर मैले धारणा राख्नुभयो ।’
उनलाई संविधानसभाबाट विधिवत ढंगले राजतन्त्र उन्मुलन गरेर निष्कासन गरिएको जिकिर उनले, ‘उदारतापूर्वक बस्ने सुविधा दिएको हो । पटकपटक आफू राजा नै भएको, त्यही ढंगले वक्तव्य दिने काम गरे त्यो उनको ठगी धन्धा हो,’ ।
उनले पूर्वराजा शाहलाई बयान लिएर कारबाही गर्नुपर्छ भन्ने कुरा बैठकमा आफूले राखेको बताए । भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहका गतिविधि संविधान विपरीत रहेको बताएका छन् ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












