थाइ नेपाली संघले म्यानमार भूकम्प पीडितका लागि सहयोग रकम जुटाउँदै
काठमाडौं । थाइ नेपाली संघ सेन्टर बोर्ड दुःख निवारण डिपार्टमेन्टले म्यानमार भूकम्प पीडितका लागि सहयोग संकलन गरिरहकेो छ । संघमार्फत विभिन्न व्यक्रि तथा संघसंस्थाहरुबाट सहयोग रकम आउने क्रम जारी रहेको छ । विभिन्न व्यक्तिहरुबाट भूकम्पपीडितहरुका लागि सहयोग प्राप्त भइरहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै आएको छ ।
संघले म्यानमारमा केही दिनअघि गएको भूकम्पपीडितहरुलाई सहयोग गर्ने व्यक्तिहरुलाई सामाजिक सञ्जाल फेसबुक पेजमार्फत धन्यवाद ज्ञापन गरेको छ । ‘सेवा नै ठूलो मानव धर्म’ भन्दै म्यानमारमा गएको ठूलो विनाशकारी भूकम्पका कारण दुःख आपतमा परेकाहरु दुःख निवारणका लागि विभिन्न व्यक्तिहरुले सहयोग राशि प्रदान गरेर मानव धर्म गरेको संघले जनाएको छ । सहयोग गर्ने सबै व्यक्तिको नाम, फोटो र सहयोग रकमको प्रमाण संघको फेसबुक पेजमा राखिको छ ।
म्यानमारमा गत शुक्रबार गएको भूकम्पमा परि हालसम्म दुई हजार बढीले ज्यान गुमाएका छन् । उद्धारकर्ताहरुले भग्नावशेषमुनि अझै पनि जीवित व्यक्ति फेला पारेको भन्दै म्यानमार र थाइल्याण्डमा उद्धारकार्य जारी राखेका छन् । युद्धग्रस्त म्यानमारमा सैन्य सरकार जुन्ताले भूकम्प प्रभावित क्षेत्रहरुमा सैन्य अपरेशन स्थगित गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकार्यमा सघाउ पुर्याउन चीन, हङकङ, भारत, मलेसिया, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, आयरल्याण्ड, दक्षिण कोरिया र न्युजिल्याण्डले आफ्ना टोली म्यानमारमा खटाएका छन् ।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले...