थाइ नेपाली संघले म्यानमार भूकम्प पीडितका लागि सहयोग रकम जुटाउँदै
काठमाडौं । थाइ नेपाली संघ सेन्टर बोर्ड दुःख निवारण डिपार्टमेन्टले म्यानमार भूकम्प पीडितका लागि सहयोग संकलन गरिरहकेो छ । संघमार्फत विभिन्न व्यक्रि तथा संघसंस्थाहरुबाट सहयोग रकम आउने क्रम जारी रहेको छ । विभिन्न व्यक्तिहरुबाट भूकम्पपीडितहरुका लागि सहयोग प्राप्त भइरहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै आएको छ ।
संघले म्यानमारमा केही दिनअघि गएको भूकम्पपीडितहरुलाई सहयोग गर्ने व्यक्तिहरुलाई सामाजिक सञ्जाल फेसबुक पेजमार्फत धन्यवाद ज्ञापन गरेको छ । ‘सेवा नै ठूलो मानव धर्म’ भन्दै म्यानमारमा गएको ठूलो विनाशकारी भूकम्पका कारण दुःख आपतमा परेकाहरु दुःख निवारणका लागि विभिन्न व्यक्तिहरुले सहयोग राशि प्रदान गरेर मानव धर्म गरेको संघले जनाएको छ । सहयोग गर्ने सबै व्यक्तिको नाम, फोटो र सहयोग रकमको प्रमाण संघको फेसबुक पेजमा राखिको छ ।
म्यानमारमा गत शुक्रबार गएको भूकम्पमा परि हालसम्म दुई हजार बढीले ज्यान गुमाएका छन् । उद्धारकर्ताहरुले भग्नावशेषमुनि अझै पनि जीवित व्यक्ति फेला पारेको भन्दै म्यानमार र थाइल्याण्डमा उद्धारकार्य जारी राखेका छन् । युद्धग्रस्त म्यानमारमा सैन्य सरकार जुन्ताले भूकम्प प्रभावित क्षेत्रहरुमा सैन्य अपरेशन स्थगित गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकार्यमा सघाउ पुर्याउन चीन, हङकङ, भारत, मलेसिया, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, आयरल्याण्ड, दक्षिण कोरिया र न्युजिल्याण्डले आफ्ना टोली म्यानमारमा खटाएका छन् ।
Comments
अरु समाचार
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...











