आफ्नो सांसद पद फुकुवा गर्न सभामुख समक्ष लामिछानेको आग्रह
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद फुकुवाको निम्ति आग्रह गरेका छन्।
मंगलबार पार्टीका सांसदसहित सभामुख घिमिरेलाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका लामिछानेले मुद्दा अदालतको ढोकामा पुग्नेबित्तिकै जननिर्वाचित सांसद पद निलम्बन गर्न नमिल्ने बताएको जानकारी दिए।
‘जनप्रतिनिधिका लागि सर्वोच्च निकाय सम्मानित सदन हो। यो अधिवेशन सुरू भएको पहिलो दिन नै प्रक्रियागतरूपमा नै सभामुख देवराज घिमिरेलाई निवेदन दिएको थिएँ। संविधान, कानुनको मक्सद त्यो होइन।
राजनीतिक प्रतिशोधका कारणले म जन्मनुभन्दा अगाडि, मेरो हजुरबुबाले आर्जन गरेको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाहभन्दा अगाडि श्रीमतीको सम्पत्तिलाई कसुर मानेर खाली सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने कुत्सित मनसाय राखेर मुद्दा दर्ता मात्र गरिएको हो। ढोकामा टेकाइएको मुद्दामा आधारमा निलम्बन हुनुहुँदैन भनेर निवेदन राखेको थिएँ,’ उनले भने।
उनले एकजना मानिस सधैं अदालत मात्रै गइरहने, सधैँ झैझगडामात्रै गरिरहने भन्ने नहुने पनि बताए। संसदको विषय संसदबाटै निरुपण होस् भन्ने आफ्नो अभिप्राय रहेको उनले बताए।
भेटका क्रममा सभामुख घिमिरेले यसले भोलि प्रतिशोधको रुप लिनसक्ने बताएको लामिछानेले जानकारी दिए। सांसद निलम्बनको हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्नेतर्फ पनि सचेत हुनुपर्ने बताएको लामिछानेको दाबी छ।
‘मैले त्यसो भए आजै संसदमा छलफल गरौं भनेँ। एक पटकमा कति जनालाई निलम्बन गर्न पाइने हो, त्यो पनि छलफल गरौं। मुद्दा टेकाइदिए पुग्यो त,’ लामिछानेले भने।
गत कात्तिक २ गते सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए। सोही अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












