आफ्नो सांसद पद फुकुवा गर्न सभामुख समक्ष लामिछानेको आग्रह
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद फुकुवाको निम्ति आग्रह गरेका छन्।
मंगलबार पार्टीका सांसदसहित सभामुख घिमिरेलाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका लामिछानेले मुद्दा अदालतको ढोकामा पुग्नेबित्तिकै जननिर्वाचित सांसद पद निलम्बन गर्न नमिल्ने बताएको जानकारी दिए।
‘जनप्रतिनिधिका लागि सर्वोच्च निकाय सम्मानित सदन हो। यो अधिवेशन सुरू भएको पहिलो दिन नै प्रक्रियागतरूपमा नै सभामुख देवराज घिमिरेलाई निवेदन दिएको थिएँ। संविधान, कानुनको मक्सद त्यो होइन।
राजनीतिक प्रतिशोधका कारणले म जन्मनुभन्दा अगाडि, मेरो हजुरबुबाले आर्जन गरेको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाहभन्दा अगाडि श्रीमतीको सम्पत्तिलाई कसुर मानेर खाली सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने कुत्सित मनसाय राखेर मुद्दा दर्ता मात्र गरिएको हो। ढोकामा टेकाइएको मुद्दामा आधारमा निलम्बन हुनुहुँदैन भनेर निवेदन राखेको थिएँ,’ उनले भने।
उनले एकजना मानिस सधैं अदालत मात्रै गइरहने, सधैँ झैझगडामात्रै गरिरहने भन्ने नहुने पनि बताए। संसदको विषय संसदबाटै निरुपण होस् भन्ने आफ्नो अभिप्राय रहेको उनले बताए।
भेटका क्रममा सभामुख घिमिरेले यसले भोलि प्रतिशोधको रुप लिनसक्ने बताएको लामिछानेले जानकारी दिए। सांसद निलम्बनको हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्नेतर्फ पनि सचेत हुनुपर्ने बताएको लामिछानेको दाबी छ।
‘मैले त्यसो भए आजै संसदमा छलफल गरौं भनेँ। एक पटकमा कति जनालाई निलम्बन गर्न पाइने हो, त्यो पनि छलफल गरौं। मुद्दा टेकाइदिए पुग्यो त,’ लामिछानेले भने।
गत कात्तिक २ गते सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए। सोही अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...











