प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने भएको छ ।
भारतीय प्रधानमन्त्री सम्मेलनमा सहभागी हुने कुरा तय भएपछि मोदी र ओलीबीचको भेटवार्ता पनि तय भएको हो,’ परराष्ट्र स्रोतले जानकारी दिएको छ । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ ।
यसअघि संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकाको न्यूयोर्कमा गत असोज ७ मा दुई देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको थियो । सो वार्तअघि तथा पछि पनि प्रधानमन्त्री ओलीले भारतीय समकक्षीबाट भारत भ्रमणको निम्तो कुरिरहेका छन् । तर, हालसम्म भारतले भ्रमणका लागि कुनै निम्तो गरेको छैन् ।
प्रधानमन्त्री ओलीले भने मोदीलाई न्यूयोर्कमै नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसबेला मोदीले चाँडै नेपाल भ्रमण गर्ने बताए पनि उनको भ्रमण पनि तय हुन सकेको छैन । नेपालले आगामी जेठमा काठमाडौंमा गर्न लागेको सगरमाथा संवादमा भाग लिन पनि मोदीलाई निम्ता पठाएको छ ।
त्यस्तै, आज प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच औपचारिक भेटवार्ता सम्पन्न भएको छ । त्यसक्रममा दुई देशका सरकार तथा निजी क्षेत्रबीच विभिन्न सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर भएको छ
Comments
अरु समाचार
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले...
-
आजको राशिफल: २०८१ चैत २५ गते सोमबार
मेष: काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्।...