ताजा समाचार

१२ जना चिकित्सकसहित स्वास्थ्य सामग्री लिएर नेपाली सेनको टोली म्मानमार प्रस्थान

काठमाडौं । म्यानमारका भुकम्प प्रभावितहरुको उद्दार तथा उपचारका लागि चिकित्सक र स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सक, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहितको नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको हो ।

निर्देशनालयका अनुसार म्यानमार गएको नेपाली सेनाको टोलीले विभिन्न प्रकृतिका आवश्यक औषधि, इक्युपमेन्ट लिएर गएको छ । टोलीमा सर्जन, अर्थोपेडिक्स, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न छन ।

नेपाली सैनिकको समुह एक सातासम्म म्यानमारमा रहने जंगी अड्डाले जनाएको छ। ञीहरु त्यहा रहँदा भुकम्प पीडितहरुको उद्धार तथा घाइते भएकाहरुको स्वास्थ्य उपचारमा संलग्न हुनेछन ।

गत सोमबारको मन्त्रीपरिषद बैठकमार्फत सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो ।

गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको थियो । भूकम्पमा परेर झण्डै २२ सय भन्दा बढि ब्यक्तिहरुको ज्यान गएको छ भने हजारौं ब्यक्ति घाइते छन। घाइतेहरुको उपचार भौरहेको तथा भग्नावशेषमा पुरिएकाहरुको खोजी जारी रहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org