तीनकुने घटनाबारे गृहमन्त्री लेखकले राज्य व्यवस्था समितिमा जवाफ दिने
काठमाडौं । चैत १५ गते तिनकुनेमा राजावादी प्रर्दशनका क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे जवाफ दिन राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाइ बोलाएको छ ।
बुधवार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरुले राजावादी समूहको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए । राजावादी समहूको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रवारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले बताए ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घट्नामा सरकारको गम्भिर त्रुटी रहेको भन्दै गृहमन्त्री आएर जवाफ दिनुपर्ने बताए । प्रदर्शनलाई नियन्त्रण गर्नसक्ने स्थिति हुँदाहुँदै सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको उनको ठहर छ ।
उनले भने, ‘जहाँसम्म १५ गतेको घटना हो सरकारले ठिक गरेन नि त । आफ्नै प्रहरीले घेरा हालेको बेला चाहीँ समात्न नसक्ने । अनि अहिले आएर छिटोभन्दा छिटो सरकारले समात्छ भन्ने ? कसले पत्याउँछ यस्तो कुरो ? यसका लागि माननीय गृहमन्त्रीज्युलाई बालाउनुपर्छ र जवाफ माग्नुपर्छ ।’
Comments
अरु समाचार
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले...
-
आजको राशिफल: २०८१ चैत २५ गते सोमबार
मेष: काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्।...