संघीय संसद अन्तर्गत विभिन्न सातवटा समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न सातवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्न लागेको हो । सबै बैठक बिहान ११ देखि साढे ११ को बिचमा सिंहदरबारमा सुरु हुनेछन् ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव सङ्कलन तथा छलफल हुनेछ । महिला तथा सामाजिक मामिला समिति बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने तयारी छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम छ । विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा गैरसरकारी संघसंस्था, नागरिक समाजलगायतसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार)का सम्बन्धमा छलफल हुनेछ ।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले...