तराई केन्द्रित दलहरूले लोकतान्त्रिक मोर्चा घोषणा गर्दै
काठमाडौं । तराई केन्द्रित विभिन्न दलले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चाको दिउँसो ३ बजे बानेश्वर बैंकेटमा घोषणा हुने बताइएको छ । आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा सङ्घीय संसद भित्र र बाहिर रहेका सात दल छन् । मोर्चाको नाम सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ ।
यसअघि आठ दलको मधेसी मोर्चा गठनको तयारी रहेको भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएको छ। नयाँ बन्ने मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
यस्तै, संसद बाहिर रहेका दलहरू मध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुनेछन् । मोर्चामा आलोपालो नेतृत्व गर्ने बताइएको छ । मोर्चा घोषणापछिको पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने सहमति भएको बताइएको छ ।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले...