अमेरिकामा शक्तिशाली आँधी १८ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु भएको छ शनिबारको आँधी र त्यसपछि लगातार वर्षाका कारण आएको बाढीका कारण स्थानीय समयअनुसार आइतबारसम्म मृत्यु हुनेको संख्या १८ पुगेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ ।
मृत्यु हुनेमा टेनिसीको पश्चिम भू–भागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना रहेका छन् । अन्य दुई जनाको ठेगाना खुलाइएको छैन । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधी र टेनीसी, केन्टकीमा लगातार भारी बर्षाका कारण नदीको वहाव बढेर बाढी आएको थियो । बाढी र आँधीले सबैभन्दा बढी टेनिसीमा क्षति पु¥याएको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
टेनीसीमा आँधीको कारण १० जनाको मृत्यु भएको छ । एक हजार भन्दा बढी घर, व्यापारीक संरचना, बाटो, सार्वजनिक स्थलहरु जलमग्न भएका छन् । केन्टकीमा एक ९ वर्षीय बालक स्कुल बसतर्फ जाने क्रममा बाढीले बगाएको र अर्कान्सासमा एक ५ वर्षीय बालकको घरमाथि रुख ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिसौरीमा आँधीमा फसेका मानिसहरुको उद्धार गर्ने क्रममा भएको दुर्घटनामा परी १६ वर्षीय स्वयंसेवकको मृत्यु भएको थियो ।
केन्टकी राज्यको फ्रयाङ्कफोर्ट सहरका मेयर लेइन विल्करसनका अनुसार नदीको गहिराइ आइतबार ४७ फिटभन्दा माथि पुगेको थियो र सोमबार बिहानसम्म ४९ फिटभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
सहरको फ्लड वाल सिस्टम ५१ फिट पानी थेग्न भएकोले ५१ फिटभन्दा कम पानी सहरमा पस्नबाट रोक्न सकिने मेयर विल्करसले बताए । केही राज्यमा मुसलधारे वर्षा जारी रहेकाले बाढी आउन सक्ने मौसमविद्हरुले चेतावनी दिइरहेका छन् । अलाबामा, जर्जिया र फ्लोरिडाका केही भागमा आइतबार दिनभर आँधीको प्रभाव कायम रहेको मौसम सेवाले जनाएको छ ।
केन्टकीको उत्तर–मध्य क्षेत्रमा आपतकालीन अधिकारीहरुले फलमाउथ र वटलरका लागि अनिवार्य रुपमा संरचना खाली गर्न आदेश दिएका छन् । त्यहाँका अधिकारीहरुले तीस वर्षअघि यो नदी ५० फिट (१५ मिटर) सम्म पुगेको र जसका कारण पाँच जनाको मृत्यु भएकोले पुनः त्यो घटना नदोहो¥याउन संरचना खाली गर्न आदेश दिएको एपीले उल्लेख गरेको छ । नेसनल वेदर सर्भिसले विभिन्न राज्यका दर्जनौं स्थानमा ठुलो बाढी पुनः आउन सक्ने अनुमान गरेको छ ।
यसअघि १६ मार्चमा दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३४ जनाको मृत्यु भएको थियो । दक्षिणी क्षेत्रका मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्य आँधीबाट प्रभावित भएको थियो । मिसौरीका १२, कन्सासका ८, मिसिसिपीका ६, टेक्सासका ४, अर्कान्सासका ३ र ओक्लाहोमाका १ जनाले आँधीमा ज्यान गुमाएका थिए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












