अमेरिकामा शक्तिशाली आँधी १८ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु भएको छ शनिबारको आँधी र त्यसपछि लगातार वर्षाका कारण आएको बाढीका कारण स्थानीय समयअनुसार आइतबारसम्म मृत्यु हुनेको संख्या १८ पुगेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ ।
मृत्यु हुनेमा टेनिसीको पश्चिम भू–भागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना रहेका छन् । अन्य दुई जनाको ठेगाना खुलाइएको छैन । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधी र टेनीसी, केन्टकीमा लगातार भारी बर्षाका कारण नदीको वहाव बढेर बाढी आएको थियो । बाढी र आँधीले सबैभन्दा बढी टेनिसीमा क्षति पु¥याएको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
टेनीसीमा आँधीको कारण १० जनाको मृत्यु भएको छ । एक हजार भन्दा बढी घर, व्यापारीक संरचना, बाटो, सार्वजनिक स्थलहरु जलमग्न भएका छन् । केन्टकीमा एक ९ वर्षीय बालक स्कुल बसतर्फ जाने क्रममा बाढीले बगाएको र अर्कान्सासमा एक ५ वर्षीय बालकको घरमाथि रुख ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिसौरीमा आँधीमा फसेका मानिसहरुको उद्धार गर्ने क्रममा भएको दुर्घटनामा परी १६ वर्षीय स्वयंसेवकको मृत्यु भएको थियो ।
केन्टकी राज्यको फ्रयाङ्कफोर्ट सहरका मेयर लेइन विल्करसनका अनुसार नदीको गहिराइ आइतबार ४७ फिटभन्दा माथि पुगेको थियो र सोमबार बिहानसम्म ४९ फिटभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
सहरको फ्लड वाल सिस्टम ५१ फिट पानी थेग्न भएकोले ५१ फिटभन्दा कम पानी सहरमा पस्नबाट रोक्न सकिने मेयर विल्करसले बताए । केही राज्यमा मुसलधारे वर्षा जारी रहेकाले बाढी आउन सक्ने मौसमविद्हरुले चेतावनी दिइरहेका छन् । अलाबामा, जर्जिया र फ्लोरिडाका केही भागमा आइतबार दिनभर आँधीको प्रभाव कायम रहेको मौसम सेवाले जनाएको छ ।
केन्टकीको उत्तर–मध्य क्षेत्रमा आपतकालीन अधिकारीहरुले फलमाउथ र वटलरका लागि अनिवार्य रुपमा संरचना खाली गर्न आदेश दिएका छन् । त्यहाँका अधिकारीहरुले तीस वर्षअघि यो नदी ५० फिट (१५ मिटर) सम्म पुगेको र जसका कारण पाँच जनाको मृत्यु भएकोले पुनः त्यो घटना नदोहो¥याउन संरचना खाली गर्न आदेश दिएको एपीले उल्लेख गरेको छ । नेसनल वेदर सर्भिसले विभिन्न राज्यका दर्जनौं स्थानमा ठुलो बाढी पुनः आउन सक्ने अनुमान गरेको छ ।
यसअघि १६ मार्चमा दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३४ जनाको मृत्यु भएको थियो । दक्षिणी क्षेत्रका मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्य आँधीबाट प्रभावित भएको थियो । मिसौरीका १२, कन्सासका ८, मिसिसिपीका ६, टेक्सासका ४, अर्कान्सासका ३ र ओक्लाहोमाका १ जनाले आँधीमा ज्यान गुमाएका थिए ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











