आजको राशिफल: २०८१ चैत २७ गते बुधवार
मेष: व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।
वृष: भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन :प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ। कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्।
कर्कट :नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। तारिफयाेग्य काम गर्दै लाेकप्रियता हासिल गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
सिंह: नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ।
कन्या: साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला। पछिका लागि लगानी गर्ने समय छ। खर्च लागे पनि दिगाे काम गर्न सकिनेछ। खर्चिलाे याेजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ।
तुला : व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
वृश्चिक: व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।
धनु : भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मकर : बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ।
कुम्भ: मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। तर आम्दानी भइरहे पनि फजुल खर्च बढ्नेछ। विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। वादविवादमा अघि नसर्नुहाेला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ।
मीन: प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ।
Comments
अरु समाचार
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद मनाइँदै, आज सार्वजनिक बिदा
काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात्...
-
इरान शीघ्र सम्झौतामा नआए पुनः सैन्य आक्रमण गरिनेछ: ट्रम्प
वाशिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् । द्वन्द्व अन्त्यका लागि सम्झौता...












