ताजा समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमण, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org