ताजा समाचार

माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण टोली चिनमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रको २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली चीन भ्रमणमा गएको छ ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले नेतृत्व गरेको टोली बुधबार चिनको चोङकिङ सहर पुगेको हो । त्यस्तै, भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी लगायतका नेताहरु रहेका छन् ।

टोलीलाई चोङकिङ विमानस्थलमा बुधबार चोङकिङ नगरपालिकाको चिनियाँ कम्युनिष्ट पार्टी स्कुल विभागका नेता वाङ तियानलियाङ्गले माओवादी नेताहरुलाई स्वागत गरेका थिए । बुधबार नै टोलीले चोङकिङ सहरको अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको भ्रमण गरेको थियो।

चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहका ४ सहरहरुमध्ये एक हो । हाल चीन सरकारले यो सहरलाई बेल्ट एण्ड रोड र याङ्जे रिभर इकोनोमिक बेल्टको एक महत्वपूर्ण आधारको रुपमा विकास गरेको छ ।

यो सहर एसिया र युरोपका विभिन्न क्षेत्र र देशहरुसँग रेलमार्गबाट जोडिएको छ भने उल्लेख्य व्यापार पनि गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org