माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण टोली चिनमा
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रको २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली चीन भ्रमणमा गएको छ ।
माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले नेतृत्व गरेको टोली बुधबार चिनको चोङकिङ सहर पुगेको हो । त्यस्तै, भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी लगायतका नेताहरु रहेका छन् ।
टोलीलाई चोङकिङ विमानस्थलमा बुधबार चोङकिङ नगरपालिकाको चिनियाँ कम्युनिष्ट पार्टी स्कुल विभागका नेता वाङ तियानलियाङ्गले माओवादी नेताहरुलाई स्वागत गरेका थिए । बुधबार नै टोलीले चोङकिङ सहरको अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको भ्रमण गरेको थियो।
चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहका ४ सहरहरुमध्ये एक हो । हाल चीन सरकारले यो सहरलाई बेल्ट एण्ड रोड र याङ्जे रिभर इकोनोमिक बेल्टको एक महत्वपूर्ण आधारको रुपमा विकास गरेको छ ।
यो सहर एसिया र युरोपका विभिन्न क्षेत्र र देशहरुसँग रेलमार्गबाट जोडिएको छ भने उल्लेख्य व्यापार पनि गरेको छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











