शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्री छलफलमा
काठमाडौं । नेपाल शिक्षक महासंघले राखेका मागहरु पूरा गर्ने सम्बन्धमा सरकारले गृहकार्य थालेको छ ।
औपचारिक वार्ता टोली बनाएर छलफल गर्न शिक्षा मन्त्रालयले गरेको आव्हान प्रभावकारी नभएपछि सरकारले उच्च स्तरीय छलफल गर्ने तयारी गरेको हो ।
यसका लागि श्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरोकारवाला मन्त्रालयका मन्त्रीहरुबीच आज छलफल भइरहेको छ ।
अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराईबीच शिक्षकका मागका सम्बन्धमा छलफल भएको हो ।
सरकारले आज पनि शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। तर शिक्षक महासंघले भने हिजो मात्र पदाधिकारी बैठक बसेर आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको थियो ।
महासंघले आन्दोलन थप सशक्त बनाउने, शैक्षिक गतिबिधि ठप्प पार्ने र कक्षा १२ को परीक्षामा समेत सहभागि नहुने निर्णय गरेसँगै आज सरकारका मन्त्रीहरुबीच छलफल भएको हो ।
महासंघको निर्णयले यही बैशाख ११ गतेदेखि शुरु हुने कक्षा १२ को एसएलसी परीक्षा प्रभावित हुने आशंका बढेको छ ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











