ट्रम्पको निशानामा विश्वविद्यालय, हार्वर्डको २ अर्ब डलरको कोष रोक्का
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर सत्तामा पुनरागमन गरेपछि विभिन्न शिर्षकमा खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको छ ।
नीति सुधारका लागि गत साता पठाइएको सूची अस्वीकार गरेको कारण देखाउँदै ह्वाइट हाउसले हार्वर्डको दुई अर्ब डलरको कोष नै रोक्का गरेको समाचार संस्था बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार ह्वाइट हाउसले गत साता हार्वर्डलाई मागहरूको सूची पठाएर नीतिगत परिवर्तनको लागि भनेको थियो । ट्रम्प प्रशासनले पठाएका मागमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनहरू समावेश थिए ।
राष्ट्रपति ट्रम्पले गत वर्ष गाजामा भएको युद्ध र इजरायललाई अमेरिकी समर्थनको विरोधमा देशभरका कलेज क्याम्पसहरू उथलपुथल हुँदा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् । त्यसैलाई मध्यनजर गर्दै उनले हार्वर्ड विश्वविद्यालयको शैक्षिक प्रणाली, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनको लागि भनेको थियो ।
उक्त मागहरू हार्वर्डले अस्वीकार गरेपछि ट्रम्प प्रशासनले सोमबार कोषमा भएको रकम रोक्का गर्ने निर्णय गरेको हो । हार्वर्ड विश्वविद्यालयलाई ट्रम्प प्रशासनले पठाएको माग अस्वीकार गर्न आह्वान गर्दै भएको प्रदर्शन ।
हार्वर्डलाई पठाइएको पत्रमा मागहरूको अद्यावधिक र विस्तारित सूची पठाइएको थियो । साथै, ट्रम्प प्रशासनले सरकारसँगको आर्थिक सम्बन्ध कायम राख्न सरकारले भनेको कुरा पालना गर्नुपर्ने चेतावनी पनि दिएको थियो ।
‘हामीले हाम्रो कानुनी सल्लाहकारमार्फत प्रशासनलाई जानकारी गराएका छौं कि हामी उनीहरूको प्रस्तावित सम्झौता स्वीकार गर्दैनौं,’ विश्वविद्यालयका एक अधिकारीले भने, ‘विश्वविद्यालयले आफ्नो स्वतन्त्रता त्याग्ने छैन वा आफ्नो संवैधानिक अधिकार त्याग्ने छैन ।’
ट्रम्प प्रशासनको नीति परिवर्तन गर्न दबाबलाई अस्वीकार गर्ने यो पहिलो प्रमुख अमेरिकी विश्वविद्यालय भएको बीबीसीको भनाइ छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...











